Play

कोटीहोममा आउने सर्बसाधारणको संख्या बढ्दो, सयवटा हवनकुण्डको तयारीमा तिब्रता, बैशाख १६ गते कलशयात्रा

गुरुकुल खबर


पोखरा, पोखरामा जारी कोटीहोम महायज्ञ अन्तर्गत भैरहेको कथाबाचनमा दर्शक एबम भक्तजनहरुको सहभागोता बढ्दै गएको छ । यसका साथै बैशाख १७ गतेबाट हुने हवानात्मक कार्यको लागि हवनकुण्ड तयारी गर्ने कामलाई तिब्रता दिईएको छ ।

महायज्ञ अन्तर्गत अन्तराष्ट्रिय भागवत कथा बाचक देबी प्रतिभाले अपरान्ह १ बजेबाट कोटिहोम स्थलको मुख्य प्रवचन कक्षमा कथा बाचन गरिरहेकी छन्। उनको प्रवचन सुन्न आउने भक्तजनहरुको संख्या पनि बढ्दै गएको छ।

देबी प्रतिभाको प्रवचन अगाडी कान्छी कथा बाचक अनुराधा पाण्डे, शीतलकृष्ण महाराज लगायतले पनि महायज्ञ अन्तर्गत प्रवचन दिईसकेका छन् भने विभिन्न स्थानबाट आएका धर्मगुरुहरुबाट आशिर्बचन दिने काम पनि भैरहेको छ ।

देबी प्रतिभाले पोखराका प्रमुख धर्मिक स्थलहरु समेत भ्रमण गर्ने योजना अनुरुप  मंगलवार पोखराको सरानकोट पुगेर त्यहास्थित मठ मन्दिरको दर्शन गर्नुको साथै त्यहाँ स्थित सर्बसाधारणको स्वागत स्वीकारेकी थिईन ।

यस अगाडी सोमबार उनि पोखराको गुप्तेश्वर महादेव मन्दिर परिसर पुगेर त्यहाका स्थानीय संग समेत भेटघाट गरेकी थिईन। महायज्ञमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने क्रममा सोमबार गण्डकी प्रदेशका सांसद बिन्दु पहाडी सहित अन्य व्यक्तित्वहरु महायज्ञस्थल पुगेर महायज्ञ सफल पार्न आग्रह गरेका थिए। प्रदेश सांसद पहाडीले “नेपालमा कसैले गर्न नसकेको कोटिहोम महायज्ञ पोखरामा सञ्चालन हुनु गर्वको कुरा हो भन्दै यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउने र  पोखराका गरिमा पनि थप बलियो हुने बताईन।

यस अगाडी गण्डकी प्रदेशका सांसद भिम कार्की, सरस्वती गुरुङ, प्रकाश बराल, पोखरा महानगर पालिका – १७ का वडाध्यक्ष राधिका शाही, वडा न. २ का वडाध्यक्ष दिवसमान प्रधानांग लगायत् पनि महायज्ञमा पुगेर महायज्ञ सफल पार्न आग्रह गरिसकेका छन।

कथावाचन संगै महायज्ञको हवनकुण्ड तयार गर्ने काममा पनि तिब्रता दिईएको छ । कतिपय स्थानीयले स्वयंसेवाको रुपमा काम गरिरहेका छन् भने कतिपयलाई महायज्ञ आयोजकले पारिश्रमिक दिएर नै काममा लगाएका छन करिब चार सय जनाको जनशक्ति महायज्ञ स्थलको सम्पूर्ण तयारीको लागि सक्रियतापुर्बक लागिरहेका छन ।

यसैबीच पोखरा महानगरपालिका -६ को वडा महिला संजालकी अध्यक्ष बबिता मल्लको नेतृत्वमा करिब १५ जना महिलाहरुले हवनकुण्डमा लिपपोत गर्ने कार्य शुरु गरेका छन।  संजाल अन्तर्गतका महिलाहरुले गाईको गोबर लगायतले हवनकुण्ड लिपपोत गर्ने काम मंगलबारबाट नै शुरु गरेको मल्लले गुरुकुल खबरलाई जानकारी दिईन ।

यसैबीच हवानात्मक कार्य शुरु हुन्नु अगाडी बैशाख १६ गते महायज्ञ अन्तर्गतको कलाशयात्रा हुने भएको छ। सेती गण्डकीको जल भरिएका ११ हजार कलश बोकेर पोखराको शान्तिबन बाटिका नाजिकबाट कलश यात्रा शुरु गरिने जानकारी महायज्ञका निर्देशक शंकर खरालले दिएका छन।

महायज्ञ आयोजक मानब सेवा फाउन्डेसनका मुख्य ब्यबस्थापक बिष्णु थापाका अनुसार कलश यात्रामा पोखरा र कास्की जिल्लाको अतिरिक्त छिमेकी जिल्ला र टाढाटाढा बाट पनि महिला सहित भक्तजनहरु सहभागी हुने छन। कलशयात्राको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता समेत रहेका बाल्योगेश्वर बिजय कृष्ण मुर्तीमहाराजले जानकारी दिएका छन।

 

९ बैशाख २०८२, मंगलवार १२:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा