Play

युनाईटेड क्लबको बार्षिकोत्सबमा रक्तदान, ४६ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, युनाईटेड क्लबले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको हो ।

१५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन बैशाख १ गते पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण गरेको उक्त युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा वोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी ब्राभो ट्रेनिंग सेन्टरका सञ्चालक धनराज गुरुङ, बृगेड गोर्खा ट्रेनिंग सेन्टरका सञ्चालक बिवेक गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दिननाथ बराल लगायत सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरे ।

युनाईटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनले बताए । युनाईटेडले सामाजिक कामलाई निरन्तरता दिने समेत थापाले बताए।युनाईटेड क्लबका कार्यसमिति सदस्य विष्णु कुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

४ बैशाख २०८२, बिहीबार ११:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा