Play

बुद्धिचाल प्रतियोगिताको उपाधी पत्रकार गुरुङलाई

गुरुकुल खबर


पोखरा, पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि पोखरामा क्रियाशील फोटो पत्रकार युनिश गुरुङले जितेका छन् । माईन्ड फ्रेस चेस क्लब पोखराले आयोजना गरेको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय भए भने नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए।  प्रब्लिक फोरकेका प्रबन्ध निर्देशक मन क्षेत्रीले चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकालले पाँचौ, नयाँ लिपिका सम्पादक सुरज श्रेष्ठले छैठौ र  बिग एफएमका संचालक महेश भण्डारीले सातौं स्थान प्राप्त गरे ।

विजेता युनिष गुरुङ राष्ट्रिय समाचार समिति र अमेरिकी समाचार संस्था दि एसोसियटेड प्रेस–एपीमा आवद्ध छन् । उनले प्रथम पुरस्कार स्वरूप ५ हजार नगदसहित मेडल, प्रमाणपत्र र टफी प्राप्त गरे । द्धितिय भएका क्षेत्रीले ३ हजार र तृतीय भएका श्रेष्ठले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । चौथो, पाँचौ, छैठौं र सातौ भएकाहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए  ।

३० चैत्र २०८१, शनिबार २३:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा