Play

पोखरा कोटीहोममा धार्मिक व्यक्तित्वको जमघट (फोटो फिचर), कान्छी कथाबाचकबाट भागवतकथा बाचन शुरु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रख्यात कथा बाचकहरुले कथा बाचन गर्ने र भक्तजनहरुले श्रबण गर्ने क्रम शुरु भएको छ। महायज्ञ अन्तर्गतको मुख्य कार्यक्रम अन्तर्गत महायज्ञको पुर्बांग बैशाख १७ गते हुने र जेठ २६ गतेसम्म चल्ने भएपनि चैत १७ गतेबाट नै विभिन्न प्रचारात्मक कार्यक्रमहरु शुरु भएको छन। यसै क्रममा चैत २९ गते शुक्रबारबाट कथाबाचन शुरु भएको छ।

महायज्ञ अन्तर्गत पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवतवाचिका सुश्री अनुराधा पाण्डेय भारतबाट बिहिबार पोखरा आएर शुक्रबार देखि कथा प्रवचन शुरु गरिसकेकी छन। दश बर्षकी उनलाई नेपालमा पनि नेपालकी कान्छी भागवतवाचिकाको रुपमा चिन्ने गरिएको छ उनले शुक्रबारबाट गर्ने संगीतमय श्रीमद्भागवत कथावाचन बैशाख ५ गतेसम्म चल्नेछ। शुक्रबारको कथा बाचन कार्यक्रमको उद्घाटन पण्डित अमृतशरण देबाचार्यबाट गरिएको थियो कार्यक्रममा विभिन्न धार्मिक व्यक्तित्वहरु सहि महायज्ञ मुल आयोजक समितिका पदाधिकारी सहित ठुलो संख्यामा सर्बसाधारणको सहभागिता रहेको थियो

भारतबाट धेरैजना धर्मगुरुहरुले महायज्ञमा आउने आश्वासन दिएको जानकारी महायज्ञका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्तीले दिएका छन। “एक त नेपालमा हुन लागेको एतिहासिक कोटीहोम महायज्ञ, त्यसमाथि पोखरा जस्तो सुन्दर शहरमा आयोजना गरिएको खबरले वहाँहरु धेरै उत्साहित हुनुहुन्छ, त्यसैले पनि ठुलो संख्यामा धर्मगुरु सहित अन्यको सहभागिता रहने निश्चित छ।’ उनले गुरुकुल खबरसंग भने ।

हालसम्म पोखरामा हुने कोटीहोममा पण्डित दिनबन्धु पोखरेल, देबी प्रतिभा, चन्द्रकला शाखी, चैतन्य कृष्ण, र अनुराधा पाण्डेय लगायतले महायज्ञमा कथाबाचन गर्ने निश्चित भैसकेको छ। अन्य प्रसिद्ध कथा बाचकहरु समेत आउने तयारीमा रहेको बुझिएको छ । विश्वकै कान्छी कथाबाचकको रुपमा परिचित अनुराधा पाण्डेयले भने चैत्र २९ गते शुक्रबारबाट नै संगीतमय रुपमा भागवतकथा बाचन शुरु गरिसकेकी छन उनको कथा बाचन बैशाख ५ गते सम्म चल्नेछ।

महायज्ञ अन्तर्गत चैत्र ३० गते शनिबार विहान मानव सेवा फाउण्डेसन, महायज्ञ मूल आयोजक समिति, स्थानीय टोल विकास संस्था, युवा क्लब, आमा समूह, स्थानीय सर्बसाधारणहरु सहित सहभागी भएर महायज्ञ परिसरको क्षेत्र र आसपासको क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा वडाबाशीहरु सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्र सेवक कर्मचारीलाई समेत आमन्त्रण गरिएको मानब सेवा फाउन्डेसनले जनाएको छ। महायज्ञ स्थल पोखरा महानगरपालिका वार्ड न. १७ को कार्यालय अगाडीपट्टि रहेको एकसय रोपनी भन्दा बढी खालि जग्गामा महायज्ञका बिबिध गतिबिधि संचालन भैरहेका छन।

महायज्ञकै क्रममा बिबाह, ब्रतबन्ध र चौरासी पुजा समेत गरिने किसिमले कार्यक्रम तय गरिएको छ। धार्मिक र आध्यात्मिक परिवेशमा महायज्ञ संचालन हुने बताउंदै उनले महायज्ञ अबधिमा विभिन्न धार्मिक, सामाजिक एबम राजनीतिक व्यक्तित्वको आगमन हुने र बिभिन्न कलाकारद्वारा गीत संगीत, भजन, झाँकी, देबलिला आदि प्रस्तुती रहनेछन। महायज्ञमा ५० लाख भन्दा बढी भक्तजनहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।

महायज्ञ स्थल परिबर्तन भएको कारण यस अगाडी गरिएको भुमिपुजन कार्य आगामी बैशाख ३ गते गरिने भएको छ। कोटीहोम महायज्ञको पुर्बांग बैशाख १७ गते गरिने, हवानात्मक कामहरु बैशाख १९ गतेबाट गरिने र बैशाख २६ गतेका दिन महायज्ञको बिधिबत पुर्णाहुति गरि समापन गरिने मानव सेवा फाउन्डेसनले जानकारी दिएको छ।

महायज्ञ अन्तर्गत पहिलो चरणमा हुने विभिन्न कार्यक्रमहरु

  • बैशाख ३ गते बुधबार बिहान ८ः०० बजे बाराहीघाट क्षेत्रको भूमिमा क्षमापूजा
  • बैशाख ३ गते  बिहान ११:०१ बजे विरौटा कोटिहोम स्थलमा भूमिपूजन
  • बैशाख ३ गते बिहान ११:११ बजे यज्ञकुण्ड खन्ने
  • बैशाख ५ गते कान्छी भागवत कथा वाचिका अनुराधा पाण्डेको विदाई
  • बैशाख ५ गते अन्तर्राष्ट्रिय श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभालाई पोखरामा स्वागत
  • बैशाख ११ गते बिहान ७ बजे बृहत् साइकल प्रभातफेरी (र्याली)
  • वैशाख १२ गते बिहान ७ः०० बजेबाट बृहत् ट्याक्सी प्रभातफेरी (र्याली)
  • वैशाख १३ गते बिहान ७ः०० बजेबाट बृहत् मोटरसाइकल प्रभातफेरी (र्याली)
  • वैशाख १४ गते बिहान ७ः०० बजेबाट बृहत् डुंगा प्रभातफेरी (र्याली)
  • वैशाख १५ गते बिहान ७ः०० बजेबाट बृहत् पैदल यात्रा
  • वैशाख १६ गते बिहान ७ः०० बजेबाट विशाल मङ्गलमय कलश यात्रा
  • वैशाख १७ गते बुधबार बिहान ७:२७ बजे कोटिहोम महायज्ञको पुर्वाङ्ग
  • बैशाख १८ गते देवी प्रतिभाको विदाई
  • वैशाख १९ गते शुक्रबार कोटिहोम महायजमा हवनात्मक कार्य प्रारम्भ
  • वैशाख १९ गते शुक्रबार बिहान ६:४४ बजे अग्नी मन्थन
  • वैशाख १९ गते शुक्रबार बिहान ७.१५ बजे यज्ञ कुण्डमा अग्नी प्रवेश गराउने
  • वैशाख १९ गते शुक्रबार बिहान ७.१९ बजे अग्नीमा समिधा दान
  • वैशाख १९ गते शुक्रबार बिहान ८.०५ बजे अग्नी कुण्डमा आहुती प्रदान गर्ने

२९ चैत्र २०८१, शुक्रबार २१:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा