पोखरा, पोखराको गैरापाटनमा संचालित कुमुदिनी होम्स बिद्यालयमा प्रथम एसईई कप- २०८१ चलिरहेको छ। एसईई परिक्षा दिएर बसेका विभिन्न जिल्लास्थित विद्यालयका विद्यार्थीहरुको बिचमा खेलका विभिन्न ईभेन्टहरु प्रतियोगिताको रुपमा संचालन गर्न प्रथम एसईई कप- २०८१ को आयोजना गरिएको बिद्यालयले जनाएको छ
एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न खेलकुद प्रतियोगीता आयोजना गरिएको बिद्यालयले जनाएको छ बिद्यालयका संस्थापक / अध्यक्ष अशोक पालिखेका अनुसार एसईई दियर बसेका बिद्यार्थीको खेलकुदमा आकषर्ण गर्न बिद्यालयले पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको गरिएको हो।
प्रतियोगिता अन्तर्गत फुटसलमा ७१ वटा बिद्यालय, छात्रा तर्फको बास्केटवलमा ११ वटा बिद्यालय र छात्र तर्फको बास्केटवल प्रतियोगितामा भने ४३ वटा बिद्यालयहरुको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा विभिन्न इभेण्टमा बिजेता टोलीले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्
चैत २९ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पोखरा – ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले गरेका थिए । कार्यक्रममा बोल्दै पराजुलीले बिद्यार्थीले आफ्नो इच्छा र चाहाना अनुसारको कोर्ष अध्ययन गर्न आग्रह गरे ।
यसक्रममा बुधबार भएको फुटसल प्रतियोगितामा अमरसिंह माबि (कास्की), पञ्चमुनि मावि (ए) तनहुँ , राष्ट्रिय माबि (कास्की), कास्की मोडनाइज्ड बोर्डिंग (कास्की), विन्ध्यवासिनी मावि (बाटुलेचौर, कास्की), वोइस्ट पोइन्ट मावि.(बेनी) सहित कास्कीका छोरेपाटन मावि, शान्तिदीप मावि, जनप्रकाश मावि, जनप्रिय माबि, प्रतिभा सेकेण्डरी स्कुल, बालोदय हाईस्कुल, स्टेप वाइ स्टेप बोर्डिंग, बालकल्याण बोर्डिंग , महेन्द्र माबि, अमरसिद्धि मावि, प्रगति बोर्डिंग (बि) र अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छन ।
त्यस्तै कुमुदिनी होम्स मावि, ग्लोबल कलेजियट माबि, हिमालयन बोर्डिङ, जनप्रकाश मावि (ए) र एस्ओएस् स्कुल तेश्रो चरण (प्रि – क्वाटर )मा प्रवेश गरेको छन । छात्रा बास्केटबलतर्फ बिएमजि बोर्डिंग. र साइनिङ स्टार बोर्डिंग सेमिफाइनलमा प्रवेश गरेको छन ।
त्यसै गरी छात्र बास्केटबल तर्फ सिर्जना , वेलनन एकेडेमी , जनप्रिय, विन्देश्वरी, भद्रकाली, मेश्रम बाराह मावि,भू.पू. सैनिक मावि (वालिङ), केफ माबि, गण्डकी बोर्डिङ, ग्लोबल कलेजिएट, गलेश्वर आदर्श माबि म्याग्दी र नेपाल आदर्श माबि दोस्रो चरणमा प्रवेश गरेको छन ।