Play

एक मतले अध्यक्ष हारेपछि महाराजगंज नर्सिंग क्याम्पसमा अनेरास्ववियुको बिरोध, अन्य पदमा पनि नेविसंघ बिजयी

गुरुकुल खबर


काठमाडौँ, त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको अध्यक्षमा नेपाल बिद्यार्थी संघकी विन्दु पोखरेल निर्वाचित भएकी छन्। उनले २ सय ६० मत प्राप्त गरेर अध्यक्षमा निर्बाचित भएकी हुन। उनकी प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनकुमारी बुढाले  २ सय ५९ मत प्राप्त गरेकी छन।

अन्य पदाधिकारी र सदस्यहरुमा पनि नेविसंघका उमेद्वारहरु अधिकांश पदमा बिजयी भएका छन। जस अनुसार सचिबमा स्वस्तिका तिवारी र कोषाध्यक्षमा बीनु भुर्तेल विजयो भएका छन् दुबैजना नेविसंघका तर्फबाट विजय भएका हुन् सदस्यहरुमा नेविसंघकी रोजिना कार्की, सुदिप शाह, दुर्गा बिष्ट र स्लेश्मा सुबेदी विजयो भएकोमा अनेरास्ववियुको तर्फबाट एकजना सदस्य प्रिया प्रधान बिजयी भएकी छन।

एक मतले नेविसंघको अध्यक्ष निर्बाचित भएपछि एमाले समर्थित अनेरास्ववियुले भने मतगणनामा धाँदली भएको जनाएको छ।  दुवै उम्मेदवारले समान २५९–२५९ मत पाएको तर, निर्वाचन समितिले धाँधली गरेर नेविसंघकी पोखरेललाई एक मत बढी ल्याएको जनाएर विजयो घोषणा गरेको भन्दै अनेरास्ववियुले विरोध गरेको हो।  

अनेरास्ववियुले समानुपातिकको मतगणना समेत बहिस्कार गरेको छ। उनीहरूले मत गणनामा धाँधली भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका छन्। निर्बाचन आयोगले घोषणा गरेको मतगणनाको परिणाम यस प्रकार रहेको छ।

६ चैत्र २०८१, बुधबार ११:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा