Play

कांग्रेस प्रचार विभागको प्रदेशस्तरीय कार्यक्रम शनिबार, गण्डकी प्रदेशका धेरै केन्द्रीय सदस्यहरु सहभागि बन्ने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार बिभागको आयोजनामा चैत २ गते शनिबार पोखरामा हुने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेताहरु सहित प्रदेश अन्तर्गतका जिल्लाका नेताहरुको सहभागिता रहने भएको छ । कांग्रेसको केन्द्रीय प्रचार विभागले मुलुकका सातवटा प्रदेशमा राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान भन्ने नारा सहित प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने क्रममा गण्डकी प्रदेश स्तरीय कार्यक्रम शनिबार पोखरामा हुने भएको हो ।

पोखराको महेन्द्रपुल, बांस्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा बिहान साढे एघार बजेबाट हुने कार्यक्रममा गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यहरु सहित गण्डकी प्रदेशका सभापति सहित पदाधिकारीहरु र विभिन्न जिल्लाका सभापतिहरु, गण्डकी प्रदेशको प्रचार बिभागका सबै सदस्यहरु र विभिन्न जिल्लाका प्रचार बिभाग प्रमुखहरु सहित विभिन्न भात्री र शुभेक्षुक संस्थाका सदस्यहरुको सहभागिता रहने प्रचार बिभागका प्रमुख समेत रहेका कांग्रेस केन्द्रीय सदस्य मिन बिश्वकर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

गण्डकी प्रदेशबाट नेपाली काँग्रेसको केन्द्रीय समितिमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जिबन परियार, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा. शशांक कोइराला सहित सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णचन्द्र नेपाली, चिनकाजी श्रेष्ठ, गुरु बराल, ध्रुब वाग्ले, प्रदिप पौडेल, गोबिन्द भट्टराई, किरणराज शर्मा पौडेल,अर्जुन प्रसाद जोशी, बिनोद कुमार चौधरी, अब्दुल सतार, शारदा पौडेल, सरस्वति अर्याल तिवारी, चम्पादेबी खड्का, टेक बहादुर गुरुङ, सितादेबी देवकोटा लगायतले प्रतिनिधित्व गरिरहेको छन । यस मध्ये अधिकांश केन्द्रिय सदस्यहरु कार्यक्रममा सहभागी बन्ने जानकारी आयोजकले दिएका छन । यसका साथै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा सहित प्रदेशका पदाधिकारी र सदस्यहरु र विभिन्न जिल्लाका सभापति एबम प्रदेश प्रचार बिभागका सदस्यहरुको समेत सहभागिता रहने छ  ।

कार्यक्रमका संयोजक एबम केन्द्रीय सूचना, संचार तथा प्रचार बिभागका सदस्य गंगाधर पराजुलीका अनुसार तथ्यमा आधारित भएर कांग्रेसको प्रचार अभियानलाई कसरि जनस्तरमा पुर्याउन सकिन्छ भन्ने बिषयमा हरिबहादुर थापा र डा. जगत नेपालको छुट्टाछुट्टै प्रस्तुति रहनेछ । नेपाली काँग्रेसको नीतिका कारण मुलुक र नागरिकले प्राप्त गरेको उपलब्धि सहित समसामयिक राजनीतिक सवालमा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन। थापा लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् भने लेखक एबम पत्रकारकै रुपमा परिचित डा. नेपाल काठमाडौँको रत्नराज्य क्याम्पसमा पत्रकारिता विभागको प्रमुखको भूमिकामा छन ।

कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता कार्यकर्ताहरु अन्तरक्रियामा सहभागी बन्ने र पार्टीका केन्द्रीय नेताहरुले समेत आआफ्नो भनाई राख्नेछन ।  कार्यक्रममा नेपाली काँग्रेसका भात्री एबम शुभेच्छुक संघसंस्थाका सदस्यहरूलाइ समेत सहभागिताको लागि आमन्त्रण गरिएको छ ।  कार्यक्रममा सहभागी बन्न नेपाली काँग्रेसका प्रबक्ता एबम पुर्ब सहमहामन्त्री डा. प्रकाश महत, विभागका प्रमुख मिन बिश्वकर्मा, सचिब गोपाल झा, थापा र डा. नेपाल शुक्रबार नै पोखरा आउने कार्यक्रम रहेको गण्डकी प्रदेश प्रचार बिभागका उपप्रमुख शिरोमणी बरालले जानकरी दिए।

३० फाल्गुन २०८१, शुक्रबार १०:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा