Play

रास्वपाका सभापति लामिछाने निकट केन्द्रीय सदस्य थापा अमेरिकाको हिरासतमा

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन् । अमेरिकामा बस्दै आएका थापा केही दिन अघि पक्राउ परेको बुझिएको छ । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै थापालाई पक्राउ गरिएको र फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ।

थापा रास्वपामा सभापति लामिछानेको नजिकका नेता हुन् । उनि र लामिछानेको बिचमा ठुलो रकम आदानप्रदान भएको भन्ने समाचार समेत यस अगाडी सार्बजनिक भएका थिए

थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । अमेरिकामा रहँदा अराजक गतिविधि गर्ने मध्येका एक थापाले केही समय अघि राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारी गरेका थिए ।

थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसपछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।

केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी गराए । थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन् ।

‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो,’ झाले भनेका छन् । पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।

१८ फाल्गुन २०८१, आईतवार १७:०३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा