Play

युआरएल हेल्थ केयरमा भारतको अपोलो अस्पतालको सूचना केन्द्र स्थापना

गुरुकुल खबर


पोखरा, युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जान्छन् ।

अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए । ‘उपचारका लागि जानैपर्ने बिरामीलाई यहाँबाट कसरी जाने, केके तयारी गरेर जाने सल्लाह दिन्छौं, यहीबाट डाक्टरको एप्वाइन्टमेन्ट बुकिङ गर्न मिल्छ,’ उनले भने, ‘उपचारपछि आवश्यक औषधी यही उपलब्ध गराउँछौँ ।’

फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत यही उपलब्ध हुनेछ । अध्यक्ष कोइरालाले भने, ‘यही परिवारसहित बसेर विशेषज्ञसँग छलफल गरी परामर्श र उपचारको सेवा पनि दिन्छौँ । त्यसका लागि ठूलो स्क्रिन र छुट्टै कक्षको व्यवस्था छ ।’

हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले नेपालमा उपचार सम्भव नहुने खालका क्यान्सर, बाथ, मुटुरोग, निसन्तानपन लगायतका सेवा अपोलोमा सहज तवर लिन सघाउने सूचना केन्द्र खोलिएको उल्लेख गरे । ‘नियमित रुपमा पोखराका विशेषज्ञ चिकित्सकको सेवासहित बेला बेलामा काठमाडौंका विशेषज्ञको सेवा हेल्थ केयरमा उपलब्ध हुनेछ,’ पन्तले भने, ‘आवश्यकताअनुसार अपोलोकै विशेषज्ञहरुलाई निम्त्याएर यही सेवा दिने योजना पनि छ ।’

युआरएल हेल्थ केयर र अपोलो इन्फर्मेसन सेन्टर उद्घाटनको अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा दिनेछ । हेल्थ केयरका अध्यक्ष कोइरालाले सो दिन चिकित्सकको परीक्षण शुल्क नलाग्ने र अरु सबै प्रकारका परीक्षणमा समेत २० प्रतिशत छुट दिइने जानकारी दिए ।

१५ फाल्गुन २०८१, बिहीबार १६:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा