पोखरा, नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ । चर्च ब्वाइज यूनाइटेड क्लबलाई हराएर नेपाल पुलिसले फाइनलको यात्रा तय गरेको हो
पोखरा रंगशालामा जारी आहारारा गोल्डकप प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । योसँगै नेपाल पुलिस कीर्तिमानी ११ औं पटक आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ।
खेलको ५८ औं मिनेटमा नेपाल पुलिसका सन्जिव लामाले गरेको एक गोल नै पुलिसका लागि फाइनल पुग्न पर्याप्त रह्यो । उनले पेनाल्टी बक्सको बाहिरबाट गरेका प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रसिंह थापाले रोक्न नसकेपछी उक्त प्रहार गोलमा परिणत भएको थियो ।
पुलिसले बिहीबार हुने दोस्रो सेमिफाइनल अन्तर्गत थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको विजेतसँग उपाधिका लागि शनिवार खेल्नेछ ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।