Play

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की क्रिकेट क्लब विजयी

गुरुकुल खबर


पोखरा, माछापुच्छ्रे क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लबले कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ्रे क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो ।

टस जितेर व्याटिङ गरेको माछापुच्छ्रेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास पराजुली र रोहित चन्दले समान दुई दुई विकेट लिएका थिए ।

८५ रनको लक्ष्य पछ्याएको कास्कीले रोहित चन्दको ४० रनको योगदानमा सहज जित दर्ता गर्यो । अर्जुन कुमालले २४ रन बनाए । अर्जुनले ३ चौका प्रहार गर्दा चन्दले दुई चौका र दुई छक्का प्रहार गरे । रोहित खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबारको दोस्रो खेलमा लेकसाईड क्रिकेट क्लबलाई अरण्यज्योति क्रिकेट क्लबले तीन रनले पराजित गरेको छ । निर्धारित २० ओभरमा अरण्यज्योतिले टस जितेर ९६ रनको सामान्य योगफल तयार पार्यो ।

प्रविन पौडेल र प्रदिप पौडेलले क्रमश ३४ र ३० रन प्रहार गर्दै इनिङ्सलाई उकास्ने प्रयास गरे । सन्देश शाही, प्रेम गुरुङ र भोला यादवले समान तीन तीन विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको लेकसाईड भने ९३ रनमा समेटिदै निराश बन्न पुग्यो । प्रदीप पेलाले १९ रन बनाए । भोला यदावले १२ र सन्तोष जोशी तथा केशव सुनारले दश दश रन बनाए । मुनेश गुप्ताले तीन विकेट लिए ।

२८ माघ २०८१, सोमबार १९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा