Play

पोखराको लेकसाइडमा मोटर साइकल दुर्घटना, दुई युवाको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. ६ बैदामको स्ट्रिट न. ३ मा गएराती भएको एक दुर्घटनामा दुईजना युवाको ज्यान गएको छ। उक्त स्ट्रिटबाट शहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नं. को मोटरसाइकल सडक छेउमा रहेको सोलारको पोलमा ठोकिन गई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

राति करिब १ बजे तिर भएको उक्त दुर्घटनाममा घाइते भएका पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट बस्ने
२१ बर्षीय सफल रानाभाट र मोटरसाइकलको पछाडी बस्ने पोखरा -८ सिमलचौर बस्ने २१ बर्षीय सुजल अधिकारी दुबैजनाको उपचारको क्रममा रातो सबा दुई बजे तिर निधन भएको प्रहरीले जनाएको छ ।

गण्डकी मेडिकल कलेज अस्पतालमा उपचारको लागि लगिएका उनीहरुलाई राति सवा दुई बजे डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा पुगेको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल
नियन्त्रणमा लिएको र आबश्यक अनुसन्धान गर्दै रहेको प्रहरीले जनाएको छ।

२७ माघ २०८१, आईतवार २०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा