Play

पेट्रोलियम व्यवसायीको अधिबेशन: अध्यक्षमा सुबेदी निर्बाचित, पेट्रोलियमको व्यापार २५ प्रतिशतले घट्यो

गुरुकुल खबर


पोखरा, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसन पोखराको २७ औं साधारण सभा तथा १४ औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले संस्थाको नयाँ कार्यसमिति निर्बाचित गर्नुको साथै आगामी कार्यकालको लागि कार्ययोजना समेत पारित गरेको छ ।

अधिबेशनले एसोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा मोहन सुबेदीलाई निर्बाचित गरेको छ । यस अगाडी संस्थाको महासचिब भएर काम गरेका सुबेदी पोखराको बिन्ध्यबासिनी मन्दिर नजिक रहेको उत्तम आयल स्टोर्सका संचालक हुन् ।सुवेदीले आफ्ना प्रतिद्वन्दी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

कार्यसमितिको उपाध्यक्षमा ओम पेट्रोलियम ट्रेडर्सका जयमोहन भट्टराई, महासचिबमा बराल आयल डिस्टबुटर्सका सुजन बराल, उपमहासचिबमा फेवा आयल स्टोर्सका नबराज पौडेल र कोषाध्यक्षमा कालिगण्डकी आयलका सुमन श्रेष्ठ निर्बाचित भएका छन ।

कार्यसमितिको सदस्यहरुमा जय शिद्देश्वरी ट्रेडर्सका विप्लव हमाल, सिंगा आयल स्टोर्सका विजय कुमार अर्याल, जय मनकामना आयल स्टोर्सका भूगोल गुरुङ, बिन्ध्यबासिनी आयल स्टोर्सका सन्तोष बराल र बिकास आयल स्टोर्सका इश्वर पौडेल निर्बाचित भएका छन ।

अधिबेशनको उद्घाटन प्रमुख अतिथि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले गरेका थिए । त्यस अबसरमा बोल्दै एशोसियशनका अध्यक्ष प्रधानले पेट्रोलियम पदार्थको व्यापार २५ प्रतिशतले घटेको बताए । सरकारको पूँजिगत खर्च कम हुनु, नेपाल भारत खुल्ला सिमाना र विद्युतीय गाडीको व्यापारसँगै पेट्रोलियम व्यवसायीको लगानी धरापमा परेको उनको भनाई थियो । विकास निर्माणमा प्रयोग हुने मेशिनरी सामान तथा डिजेल प्लान्ट पूर्णरुपमा संचालनमा नआउँदा पनि व्यापार घटेको प्रधानले उल्लेख गरे ।

पेट्रोलियमको कारोबारमा नेपाल आयल निगमको एकाधिकार रहेकाले, अरवौ रुपैया लगानी गरेका व्यवसायीलाई निगमले कारिन्दाको जस्तो व्यवहार गरेको आरोप लगाउंदै उनले व्यवसायी निगमको कारिन्दा नभई व्यापारिक साँझेदार भएको उल्लेख गरे । प्रधानले पेट्रोलियम पदार्थ ढुवानीका लागि निगमले उपलब्ध गराएका साधन मापदण्ड विपरित रहेको आरोप लगाउँदै त्यसलाई सुधार गर्न जोड दिए ।

उद्घाटन समारोहमा एसोसिएसनका बरिष्ठ उपाध्यक्ष सुनील गुरुङले पैसा कमाउने लोभमा बदनाम हुनेगरी कारोबार नगर्न व्यवसायीलाई सुझाव दिए । ग्राहकमैत्री व्यवहार र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै गुरुङले व्यवसायीमा लोभ देखिदा सिंगो पेट्रोलियम क्षेत्र बदनाम भएको उल्लेख गरे ।

बिगतमा केही पेट्रोलियम व्यवसायीले निगमसँग मिलेर बदमासी गरेको घट्ना सार्वजनिक हुँदा सवैले शिर निहुराउने अवस्था आएको समेत गुरुङले बताए । गुरुङले इमानदारीता पूर्वक काम गर्न सुझाव दिदै गलत धन्दाबाट आर्जन भएको पैसाले पोल्ने भन्दै सचेत गराए ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख मनोज पोखरेल, नेपाल आयल निगम गण्डकी प्रदेश डिपो गगनगौंडाका निमित्त प्रमुख पर्शुराम अधिकारी, एशोसियशनका केन्द्रिय सदस्य एवं गण्डकी संयोजक शुशिल गौचन, ट्यांकर एशोसियशनका उपाध्यक्ष धुर्व गौतम, निर्वाचन समितिका संयोजक सुमन भट्टराई, भलाई कोषका संयोजक जयमोहन भट्टराई, चालक संघका सुमन गुरुङ, पेट्रोलियम मजदुर संघका दुर्गा कंडेल, सल्लाहकार नविन बराल लगायतले पेट्रोयिम क्षेत्रका देखिएका समस्याका बारेमा बोलेका थिए ।

२७ माघ २०८१, आईतवार १३:३९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा