Play

निजामती कर्मचारी संगठन गण्डकीको नयाँ समिति, अध्यक्षमा डोलराज पराजुली

गुरुकुल खबर


पोखरा । नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशको अधिवेशनले डोलराज पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनबाट उपाध्यक्षमा अमरबहादुर पराजुली र महिला उपाध्यक्षमा सरस्वतीदेवी सिग्देल चयन भएका छन्। महासचिवको जिम्मेवारी विष्णुदेवी पोखरेलले पाउँदा सचिवमा पुष्प खनाल, पराश्वर शर्मा र श्यामकुमार थापा मगर र कोषाध्यक्षमा गणेशबहादुर कार्की निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरूमा ख्यामकुमारी राना, रिता पौडेल शर्मा, विष्णु पौडेल पोखरेल पूर्णबहादु भोलान, विराज विश्वकर्मा, सुनिल थापा, धनबहादुर कुँवर, देवेन्द्र गौतम , भोलानाथ आचार्य, रोशन लामिछाने, शोभाकान्त पोखरेल, मदन सुवेदी, प्रविण भण्डारी चयन भए ।

कार्यसमितिसँगै लेखा परीक्षण आयोग पनि गठन गरिएको छ । जसको संयोजकमा रुद्रसिंह ठकुरी र सदस्यमा अम्विकाप्रसाद गौतम र सुदीप पुन चयन भएका छन् ।

नयाँ कार्यसमितिले निजामती कर्मचारीहरूको हकहित संरक्षण, समस्या समाधान, र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

२६ माघ २०८१, शनिबार २३:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा