Play

समाजबादी प्रेस संगठनको ललितपुर जिल्ला अधिबेशन, अध्यक्षमा निरोज

गुरुकुल खबर


ललितपुर, नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल ललितपुर जिल्ला कमिटीको अध्यक्षमा निरोज तोलाङे चयन भएका छन् । शुक्रवार ललितपुरमा सम्पन्न संगठनको जिल्ला भेलाले तोलाङेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं संगठनका इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा र संगठनका संस्थापक अध्यक्ष एवंम सहईन्चार्ज शम्भू श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भेलाले उक्त कमिटी चयन गरेको हो। संगठनको उपाध्यक्षमा थोमस बोगटी, महिला उपाध्यक्षमा टीका रसाइलीलाई चयन गरेको छ। त्यस्तै सचिवमा राजेश पन्त, सहसचिवमा निगम सुन्दास, समावेशी सहसचिव सलोमी दाहाल चयन भएका छन।

संगठनको कोषाध्यक्षमा सुनकुमारी थिङ र सदस्यहरूमा सरु वागदास, दिपेन्द्र थिङ, मुकेश जनाला, यमकुमार मुदेल चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष तोलाङले ललितपुरमा समाजवादी प्रेस संगठन सकियो भन्ने भम्र आजबाट सकिएकोले ललितपुर जिल्लाको संगठनलाई एक मजबुत् र नमुना जिल्ला कमिटी बनाएर श्रमजीवी पत्रकारको हित र विकासको पक्षमा सदैव सामूहिक योजनासहित आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं संगठनका इन्चार्ज प्रकाश ज्वालाले संगठनको सुद्धिकरण र सुदृढीकरण अभियान शुरु भएकोले स्वतन्त्र र मर्यादित जनपक्षीय र प्रगतिशील पत्रकारिताका पक्षमा पत्रकारिताको माध्यमबाट समाजवाद स्थापनाको बाटोमा डटेर लाग्न आग्रह गरे ।

यस्तै, संगठनका सहईन्चार्ज शम्भू श्रेष्ठले केपी ओलीको प्रतिगमनको विद्रोहबाट सुरुवात भएको यस संगठनले नेपाली पत्रकारितामा प्रगतिशील विचारधारालाई मूलमर्म बनाएर विगतमा विभिन्न पत्रकारका संस्थामा क्रियाशील र अग्रणी नेतृत्व गरेका अनुभवी पत्रकारहरुको संस्थाका रुपमा कार्य गर्दै आएको स्मरण गराउदै प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, उद्देश्य र सामाजिक उत्तरदायित्वसहितको मर्यादित, जनपक्षीय र जिम्मेदार पत्रकारिताको लक्ष्यप्रति सदैव प्रतिवद्ध रहन नवनिर्वाचित कमिटीलाई आग्रह गरे।

भेलामा संगठनका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरु र जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो ।

२५ माघ २०८१, शुक्रबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा