Play

संसदमा ओलीको सम्बोधन : अध्यादेशको बचाउ गर्दै बिपक्षीलाई व्यंग्य, भ्रष्टाचार प्रमाणित गर्न चुनौती

गुरुकुल खबर


काठमाडौँ, प्रधानमन्त्री एबम नेकपा एमालेका अध्य्क्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको एउटा मात्रै प्रमाण भए ल्याउनका लागि चुनौति दिएका छन् । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कसैलाई गर्न नदिन दृढ रहेको बताउँदै प्रमाण भए देखाउन चुनौति दिएका हुन्। बैठकमा बोल्दै उनले सरकारले ल्याएको अध्यादेशको बचाऊ गर्नेदेखि विपक्षी दलहरुमाथि तिखो व्यङ्ग्य गरे ।

‘दुनियाको अगाडि भन्छु। भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ। कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनैपनि मात्रामा कुनैपनि ठाउँमा, कुनैपनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्,’ उनले भने।  प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि आलोचनायोग्य काम नगरेको पाइएपछि स्वीट्जरल्याण्डको बैंकमा पैसा रहेकोदेखि टेलिकममा लगानी गरेको भनेर भ्रम फैलाइएको बताए।

त्यसरी कराउनेमा हिजो पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मानिसहरू पनि रहेको उनले बताए। ‘त्यस्तो हावा कुरा गरेर भ्रम फिँजाउने काम भइरहेको देख्दा सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ रहेनछ भन्ने पुष्टि भयो,’ प्रधानमन्त्रीले भने।

यद्यपि सरकारका कामकारबाहीको रचनात्मक आलोचना होस् भन्ने आफ्नो चाहना रहेको प्रधानमन्त्रीको भनाइ थियो।’सरकारलाई गल्ती गर्नबाट रोक्न टिप्पणी आवश्यक हुन्छ। प्रतिपक्षको त्यो दायित्व हो। तर आलोचनाका नाममा हावादारी कुरा फैलाउनु उचित हुँदैन,’ उनले भने।

१८ माघ २०८१, शुक्रबार १५:३७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा