Play

स्टार्टअप परियोजना प्रतियोगितामा गण्डकी बोर्डिङका विद्यार्थीको टोलीलाई ६० हजार

गुरुकुल खबर


पोखरा, पोखरामा जारी राष्ट्रिय औधोगिक ब्यापार मेला अन्तर्गत सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुको संस्था सिएस आइटीएनको समन्वयमा भएको स्टार्टअप परियोजना प्रतियोगितामा गण्डकी बोर्डिङका विद्यार्थीहरु बिजयी भएका  छन् । उनीहरुले नगद रु. ६० हजार पुरस्कार पाए ।

मेलाको प्रचार समितिका संयोजक मनोहरी पौडेलका अनुसार गण्डकी बोर्डिङ स्कूलमा कक्षा ११ का अर्जित पौडेल र १२ पढ्ने सुविन चापागाईंले बनाएको हरियाली एप खोलेर जोसुकैले पनि आफूले कति कार्बन उत्सर्जन गरेको छु भन्ने जानकारी लिन सक्छन् । त्यस्तै यो एपबाट जमिनको तस्वीर लिँदा त्यहाँ कतिवटा रुख रोप्न सकिन्छ वा कसरी उपयोग गर्न सकिन्छ भन्ने जानकारी प्राप्त हुन्छ ।

दोस्रो चाहिँ कृषकहरुको निम्ति बनाइएको ‘आहार’ नामक बाली निगरानी प्रणाली बन्यो । यो एपले वातावरणीय अवस्थाको जानकारी सहित चिस्यान र बोटविरुवाको अवस्थाबारे जानकारी दिन्छ । यो एप सन्जिव शाह,मनिष पौडेल र अमन शेखले बनाएका हुन् । उनीहरुले ४० हजार नगद पुरस्कार पाए ।

तेस्रो चाहिँ अभिषेक लौडारी, वर्षा केसी,गृष्मा रिजाजको समूह बन्यो । उनीहरुले २० हजार पुरस्कार पाए । उनीहरुले दृष्टिविहीनले प्रयोग गर्न मिल्ने छडी बनाएका छन् । सेन्सर सहितको सो छडीले दृष्टिविहीनलाई मद्दत गर्छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमका अनुसार विजेतालाई संघका अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा ४५ समूहको सहभागिता रहेको सिएसआइटीएनका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि उक्त मेला संचालन भैरहेको छ । पोखराको नयाँबजारमा मेला चलिरहेको छ।

१७ माघ २०८१, बिहीबार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा