Play

व्यापार मेलामा भारतको ‘राजस्थानी लोकनृत्य समूह’ पनि आउने, थारुनाच र ठाडो भाका पनि प्रस्तुत गरिने

गुरुकुल खबर


पोखरा, पोखरामा जारी ३३ औं राष्ट्रिय औधोगिक ब्यापार मेलामा भारतको राजस्थानबाट समेत कलाकारहरु आएर आफ्नो कला प्रस्तुत गर्ने भएका छन। माघ १० गतेबाट पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा मेला संचालन भैरहेको छ ।

भारतको ‘राजस्थानी लोक नृत्य समूह’ ले पोखरेली दर्शकहरुमाझ यहि माघ १८ गते दिउँसो आफ्नो कला प्रस्तुत गर्ने मेलाको सांस्कृतिक समितिका संयोजक ललित कुँवरले गुरुकुल खबरलाई जानकारी दिए।

उनका अनुसार राजस्थानी सांस्कृतिक समुहमा रहेका झन्डै दुई दर्जन कलाकारहरु पोखरामा आफ्नो सांस्कृतिक प्रस्तुती दिन पोखरा आउन लागेका हुन।

भारतीय राजदुताबास काठमाडौँको समन्वय र ‘इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्स’ दिल्लीको सहयोगमा उनीहरु पोखरा आउन लागेको पोखरास्थित भारतीय राजदुताबास पेन्सन वितरण कार्यालयले जानकारी दिएको छ।

भारतको ७६ औं गणतन्त्र दिवसको सन्दर्भ पारेर राजस्थानी कलाकारहरुको समूहले पोखरा सहित नेपालका अन्य ठाउँमा समेत आफ्नो कला प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

यसैबीच, मेलामा हुने सांस्कृतिक कार्यक्रम अन्तर्गत थारु नाच र ठाडो भाका समेत प्रस्तुत गर्ने तयारीमा सांस्कृतिक समिति रहेको संयोजक कुँवरले बताए।

संयोजक कुँवरका अनुसार मंगलबार मेलामा कलाकारहरु पशुपति शर्मा, चोलेन्द्र पौडेल, माया गुरुङ, तुलसा क्षेत्री, मधु थापामगर, डिप्लम खाती, लगायतले विभिन्न गीत संगीत मार्फत दर्शकहरुलाई मनोरंजन दिलाएका थिए ।

कार्यक्रममा अन्य कलाकारहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पोखराका उद्योगी ब्यबसायी, सामजिक एबम राजनीतिक कार्यकर्ता र संचारकर्मीहरु समेत अतिथिको रुपमा सहभागी भएको मेलाका प्रचार संयोजक मनोहरी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

बुधबार  पनि कलाकारहरु चोलेन्द्र पौडेल, मुकुन्द त्रिपाठी, रामजी खाँण, अमर धिताल, सरिता सारु मगर, कृष्ण सुवेदी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक कुँवरले बताए ।

१५ माघ २०८१, मंगलवार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा