Play

शिक्षा दिवसको अवसरमा कांग्रेसको ग्लोबल वेबिनार, प्रबिधि बिकासमा ध्यान दिन देउवाको आग्रह

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसको शिक्षा विभागले सातौँ अन्तर्राष्ट्रिय शिक्षा दिवस, २४ जनवरीको अवसरमा शुक्रबार भर्चुअल माध्यमबाट ग्लोबल वेबनार कार्यक्रमको सम्पन्न गरेको छ। शिक्षा नीति बहस अन्तर्गत चौथो श्रृंखलाका रुपमा विभागले ग्लोबल वेबनार आयोजना गरेको हो।

शिक्षा विभाग प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा आयोजित कार्यक्रममा १ लाख ५ हजारभन्दा धेरैले सहभागिता जनाएका थिए।  उक्त कार्यक्रममा दिनहुँ विश्वव्यापी रुपमा परिवर्तन भइरहेका शिक्षा प्रणाली र यसका आयामबारे चर्चा गरिएको थियो। आर्टिफिसियल इन्टेलिजेन्टको माध्यमले शिक्षामा कसरी प्रभाव परिरहेको छ र शिक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रमका सहभागीहरूले आफ्नो धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रविधि अनुरुप चल्न सक्नुपर्ने बताए। ‘समय सापेक्ष शिक्षा नीति अंगिकार गर्दै चल्न सकेनौं र प्रविधिलाई अंगाल्न सकेनौं भने हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सक्दैनौं। त्यसैले प्रविधि विकासमा ध्यान दिनुपर्छ,’ उनले भने।

सेमिनारमा शिक्षा विभाग प्रमुख महरले एआईलाई सञ्चालन गर्न जीवनपद्धति पनि आदर्शवादी हुनु जरुरी रहेको उल्लेख गरे। हामीले गरेको व्यवहार र कर्म अनुसार नै एआईले पनि काम गर्ने भएकाले राम्रो सोच्दा र राम्रो नियम पालन गर्दा एआईले पनि त्यसै अनुसार काम गर्छ। एआईको प्रयोग राम्रो नभएमा विश्वमा ठूला खतरा पनि हुनसक्छन्,’ उनले भने। यसलाई कानुनवद्ध गर्दा राम्रो सन्देश दिने र नत्र खतरा उत्पन्न हुनसक्ने तर्फ उनले सचेत गराए।

खुला विश्वविद्यालयका डिन सुरेन्द्र श्रेष्ठ, पावर अथोरिटीका निर्देशक सुरेन्द्र लम्साल, वातावरण विद् डा. धर्म उप्रेती, भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी लगायतका विज्ञले आफ्नो धारणा राखेका थिए।

विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख, एनआरएनका प्रतिनिधि, ३५ देशका जनसम्पर्क समिति, विश्वमा रहेका प्रोफेसर र नेपालमा रहेका विश्व विद्यालयका प्रतिनिधि भिसि, रेक्टर, रजिष्ट्रार, मन्त्री, कांग्रेस पदाधिकारीलगायत एक लाख बढी छलफलमा जोडिएका थिए।

१२ माघ २०८१, शनिबार १९:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा