पोखरा, पोखराको सूर्यदर्शन सहकारीको राजम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एबम पुर्ब उपप्रधानमन्त्री रबि लामिछाने समेतलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ । जिल्ला अदालत कास्कीबाट भएको आदेश विरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै निबेदन दिएको हो ।
सुर्य दर्शन सहकारीको रकम ठगि सम्बन्धि मुद्धामा रास्वपा सभापति रवि लामिछानेसहित सात जना धरौटीमा रिहा गर्ने निर्णय कास्की जिल्ला अदालतले गरेको थियो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गर्ने र धरौटी बुझाउन नसके थुनामा राख्ने आदेश दिएको थियो ।
उक्त आदेश पछि सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका भएपनि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले उच्च अदालतमा निवेदन दर्ता गरेको जानकारी दिइन् ।
सरकारी वकिलको कार्यालयले दाबी गरेको बिगोभन्दा धेरै कम धरौटी लिएर छोडिएको भन्दै सहकारी पीडितले सरकारी वकिलको कार्यालयमा निवेदनसमेत दिएका थिए । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि करिब २८ करोड र जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको थियो । त्यस्तै, जीबीमाथि १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको थियो ।
‘जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएका हौँ,’ उनले भनिन्, ‘अब यो केस उच्चमा दर्ता भएको छ। कास्की जिल्ला अदालतले रवि लामिछाने लगायतलाई धरौटीमा छाड्ने आदेश गरेकोले थुनामै राखेर अनुसन्धान गर्न सरकारका तर्फबाट निवेदन परेको हो’ उच्च सरकारी वकिलको कार्यालयका उपरजिस्ट्रार तथा सूचना अधिकारी विश्वनाथ अर्यालले भने, ‘मंगलबार उच्च अदालतमा यो निवेदनको सुनुवाई हुन्छ।’
यसैबीच २०८० माघमा जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको थियो । तर, उनी अहिलेसम्म फरार छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल ६३ जना विरुद्ध १ करोड ५१ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी र भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै रहेका छन।