Play

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

गुरुकुल खबर


काठमाडौं, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो ।

कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

६ माघ २०८१, आईतवार १०:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा