Play

कोशीका पूर्व मुख्यमन्त्री एबम कांग्रेसका प्रदेश सभापति थापामाथि मुक्का प्रहार, दुईजना पक्राउ

गुरुकुल खबर


बिराटनगर, कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापामाथि आक्रमण भएको छ । झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो ।

शनिबार साँझ सुरुंगाको जुकेखाडी पुलनजिकै आक्रमण भएको थापासँगै गाडीमा सवार कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । उनले भने, “गाडी ओभरटेक गर्ने क्रममा एक्कासि विवाद गरी एक युवाले हातपात गरेका हुन् ।”

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा शनिबार बेलुका करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट हुँदा थापाको आँखामा चोट लागेको हुमागाईंले बताए ।

बा१झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा१ञ १८७० मा सवार व्यक्तिले आक्रमण गरेका थिए । साँघुरो बाटोमा गाडी ‘ओभरटेक’ गर्न खोजेपछि थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए । थापा बिर्तासिटी अस्पतालमा भर्ना भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण सुरुंगाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन् । यति बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुवै पक्षबीच छलफल भइरहेको छ ।

हुमागाईंले भने, “बाटो बन्दै गरेको ठाउँमा साँघुरो छ । सेतो प्लेटको गाडीमा भीआईपी हुनुहुन्छ भन्यौँ, तर मुख छाड्दै मुक्का हाने । मलाई पनि धकेले ।”

६ माघ २०८१, आईतवार ०७:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा