Play

अधिकृत बिक्रेता संघको साधारण सभा सम्पन्न, समस्या समाधानमा सरकारको ध्यान पुगोस- ब्यबसायी

गुरुकुल खबर


पोखरा, विभिन्न औधोगिक प्रतिष्ठानबाट उत्पादित एबम विभिन्न मुलुकबाट आयातित उपभोग्य बस्तुहरुलाई सहज ढंगले स्थानीय बजारमा वा उपभोक्ता सामु बिक्रीवितरण गर्ने काममा संलग्न वितरकहरुको संस्था अधिकृत बिक्रेता संघ पोखराको पोखराको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

अधिकृत बिक्रेताहरुलाई एकै ठाउँमा ल्याउन र उनीहरुका समस्या समाधानमा पहल गर्ने उद्धेश्यका साथ २०६४ सालमा अधिकृत बिक्रेता संघको  स्थापना गरिएको हो । यो संस्थाको स्थापना पोखराबाट गरिएको भएपनि हाल मुलुकका विभिन्न नगर र जिल्लामा संघको संगठन बिस्तार भैसकेको छ हाल नेपालका विभिन्न स्थानमा अधिकृत बिक्रेताको रुपमा काम गर्ने ब्यबसायीहरुको संस्था पांच हजार भन्दा बढी रहेको अनुमान गरिएको छ ।

साधारणसभामा ब्यबसायीहरुले भोग्नुपरेका समस्याको बारेमा चर्चा गरिएको थियो । विगतका बर्षहरुमा आएको कोभिड–१९ एवम् विश्वमा चलिरहेको द्वन्दका कारणले निम्त्याएको आर्थिक मन्दी तथा बेला बेलामा परिवर्तन भइरहने मौद्रिक एवम् बैंकिङ्ग नीतिका कारण अधिकृत बिक्रेताहरुले पनि समस्या भोग्नुपरेको संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार अहिले पनि व्यवसायमा प्रतिकुल असर पर्नेगरि अस्वस्थ्य प्रतिस्पर्धा, उधारो बेचविखन, ट्राफिक प्रहरीले गर्ने अनाबश्यक चेकजांच र जरिवानाको समस्या, राज्यद्वारा गरिने विभिन्न अदुरदर्शी आदेश तथा छापामार शैलीमा गरिने अव्यवहारीक क्रियाकलाप, चेक बाउन्स, डिलर एरिया क्रसिङ समस्या लगाएतका समस्याका कारण अधिकृत बिक्रेताहरु पिडित रहेकोले सरकारको ध्यान जानुपर्नेमा जोड दिईएको थियो।

साधारण सभाका सहभागीहरुले अनावश्यक प्रतिस्पर्धाका कारण नोक्सानी हुने सम्भावना बढेको, बढ्दो बैंक ब्याज दर, बीमा दर र अन्य खर्चहरुमा कमि ल्याउनुपर्ने, बिना अध्ययन व्यापार व्यवसाय गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने, राजस्व कार्यलयबाट हुने गरेको अप्रत्यासित चेकजाच र दुःख दिने प्रवृति अन्त्य हुनुपर्ने, सरकारी नीति नियम ब्यबसायी मैत्री बनाइनुपर्ने, बजार वा मार्टले बक्योता रकम समयमै भुक्तानी गर्नुपर्ने जस्ता कुरामा जोड दिएका थिए ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोत रहेको बताउंदै निजी क्षेत्र फस्टाउन नसके अर्थतन्त्र नै समस्यामा पर्ने  समेत उल्लेख गरे । ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो,’ प्रदेश प्रमुख भट्टले भने ।

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उनले यस कारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको सुनाए ।

‘नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपि, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ,’ उनले भने ।

एकै प्रकृतिका व्यवसायी एकीकृत भई उद्योगबाट उत्पादित एवं आयातीत सामग्रीहरू सर्वसुलभ रुपमा उपभोक्तासमक्ष उपलब्ध गराउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको अधिकृत विक्रेता संघ पोखराले लक्ष्य अनुरुप काम तथा गतिविधि गर्दै आएकोमा आफू विश्वस्त रहेको भट्टको भनाइ थियो ।

सभाको उद्घाटन समारोहमा बोल्दै नेपाल वितरक महासंघका राष्ट्रिय अध्यक्ष हरिराज पन्तले अधिकृत बिक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा ध्यान दिन आग्रह देशमा बेरोजगारीको समस्या रहेपनि आफूहरुको क्षेत्रमा आबश्यक पर्ने  दक्ष जनशक्तिको अभाव भएको बताए ।

संघका पूर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत बिक्रेताहरुले आपूर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएका कारण सहर र गाउँमा सामानको मूल्य एकै भएको बताए । उनले गाउगाउँमा समान ढुवानी गरेर सर्बसाधारणलाई सेवा पुर्याएको भएपनि बिभिन्न बहानामा ट्राफिक प्रहरीले समस्या पार्ने गरेको गुनासो गरे ।

पोखरा इलेक्ट्रिक व्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादति धेरै भएको दाबी गरे ।

नेपाल वितरक महासंघ गण्डकी प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफूहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सद्यैँ अपहेलित हुनु परेको उनको ग्नासो थियो ।

अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका महासचिब दिलिप कुमार श्रेष्ठ, हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, अधिकृत बिक्रेता संघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी र नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मीले पनि आआफ्नो भनाई राखेका थिए ।

अधिकृत बिक्रेता संघ पोखराको बर्तमान कार्यसमितिको अध्यक्षमा मनोज श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेलको साथै उपाध्यक्षमा रवि कुमार सापकोटा. महासचिवमा दिलिप कुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ, उप सचिवमा देवेन्द्र प्रजु, सह–कोषाध्यक्षमा ज्ञानेन्द्र नाथ गौतम अघिल्लो अधिबेशनबाट निर्बाचित भएको थिए । कार्यसमितिको बैठकले सन्दिप भट्टराई र ध्रुवराज थापा दुई जनालाई पनि कार्यसमितिको सदस्यमा मनोनित गरेको थियो।

यसका साथै संस्थाको वरिष्ठ सल्लाहकारमा गोविन्द प्रसाद कर्मचार्य, विशेष सल्लाहकारमा सुरेश अधिकारी र हरीराज पन्त, सल्लाहकारमा रिजन शेरचन र प्रकाशदेव पालिखे तथा आर्थिक सल्लाहकारमा प्रा.डा.वेद नाथ शर्मा पौडेल र कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई राखिएको छ ।

यो पनि पढ्नुहोस ..

 

उपभोग्य सामानको आपूर्ति र राजस्व संकलनमा योगदान दिने वितरक ब्यबसायीहरुलाई कानुनी समस्या

२८ पुष २०८१, आईतवार १६:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा