Play

‘आहारारा गोल्डकप’को सहप्रायोजक बन्दै जयश्री फूड्सको उत्पादन ‘भान्साघर’

गुरुकुल खबर


पोखरा, पोखराको पुरानो र प्रतिष्ठित सहारा क्लबको आयोजनामा आगामी माघ २२ देखि फागुन ३ सम्म हुने २४ औं संस्करणको आहा रारा गोल्डकप फुटबल’ प्रतियोगितालाई जयश्री फुड्सले पनि सहयोग गर्ने भएको छ ।

नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका -९ मा करिब १३ बर्ष अगाडी स्थापना भएको जय श्री फूड्स प्रालि अन्तर्गत संचालित राइस मिल, चिउरा मिल लगायतका उद्योगहरुबाट मङ्गलम, माइतीघर, भान्साघर नाममा विभिन्न गुणस्तरको चामल, चिउरा, आटा, सुजी, चक्की आटा लगायतका उपभोग्य सामानको उत्पादन हुँदै आएको छ।

जयश्रीको उत्पादन भान्सा घर चामल प्रतियोगिताको सहप्रायोजकका रुपमा देखिनेछ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जय श्री च्यारिटी स्थापना गरिएको छ र स्थापनाको छोटो समयमा नै उक्त संस्थाले विभिन्न सामाजिक र रचानात्माक काम गर्दै आएको जय श्री फूड्सका महाप्रबन्धक अग्रवालले गुरुकुल खबरलाई जानकारी दिए ।

शनिबार सहारा क्लबले आयोजन गरेको एक कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल र जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालबीच आहारारा गोल्डकपमा सहप्रयोजक रहने सम्बन्धि सम्झौतामा हस्तक्षर भएको हो ।

सम्झौता अनुसार जयश्री फूड्सले सहारा क्लबलाई ५ लाख रुपैयाँ प्रदान गर्ने छ । पोखराकै चर्चित फुटबल क्लब र  प्रतियोगितामा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै जयश्री फूड्सका जनरल म्यानेजर अग्रवालले सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप आफ्नो उद्योग खेल क्षेत्रमा जोडिएको बताए ।

‘सह–प्रायोजक हुन पाएकोमा खुुसी लागेको छ’, अग्रवालले भने, ‘यसबाट व्यावसायिक र खेल दुबै क्षेत्रलाई लाभ हुने अपेक्षा गरेको छु ।’

प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ छ । आहा रारा चाउचाउले लामो समय देखि उक्त फुटबल प्रतियागिताको मुख्य प्रायोजक बनेर मोटो रकम सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस..

जयश्री फूड्स प्रालिको डिलर्स मिट, ग्राहक र डिलरको हित अनुसार उत्पादन र बजारीकरण गरिने

२८ पुष २०८१, आईतवार १४:२९ मा प्रकाशित
Nabintech