Play

पोखराको आकाशमा पनि नेपाली युवाले शुरु गरे ‘स्काइ डाइभिङ’

गुरुकुल खबर


पोखरा, साहसिक खेलको लागि चर्चा कमाउंदै आएको पोखरामा अर्को एक नयाँ साहसिक गतिबिधि थपिएको छ । विभिन्न मुलुकमा स्काइ डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाले पोखराको आकासमा ‘स्काइ डाइभिङ ‘ संचालन गरेर नयाँ गतिबिधि बढाएका छन ।

नेपाली टोलीले मात्रै स्काइ डाइभिङ गराउने गरि सिम्रिक एयर र इन स्काइ डाइभ कम्पनीले पोखरामा स्काइ डाइभिङ सुरु गरेका हुन् । १० जनवरी अर्थात शुक्रबारदेखि २१ जनवरीसम्म स्काइ डाइभिङ हुने इन स्काइ डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए ।

स्काइ डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी हाललाई दुई किसिमको प्याकेज बनाएको बताउंदै थापाले भने,  भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ लिने गरि प्याकेज बनाइएको छ ।

स्काइ डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काइ डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा महानगरपालिका – २३ लौरुक माथि  १३ हजार फिट उचाईबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् ।

यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशीष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् ।

२६ पुष २०८१, शुक्रबार २२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा