Play

प्रगति आमा समुहमा नयाँ कार्यसमिति, अध्यक्षमा कुलमाया सहित सबै निर्बिरोध

गुरुकुल खबर


पोखरा, प्रगति आमा समुह पोखरा – ८ सिमलचौरको शुक्रबार सम्पन्न सातौ साधारण सभा तथा चौथो अधिबेसनले समुहको नयाँ कार्यसमिति चयन गरेको छ।

समुहको नयाँ कार्यसमितिको अध्यक्ष सहित कार्यसमिति निर्बिरोध निर्बाचित भएका छन समुहको अध्यक्ष पदमा यस अगाडी पनि अध्यक्षको कार्यभार सम्हालेकी कुलमाया क्षेत्रीलाई चयन गरिएको छ।

निर्बाचन समितिका सदस्य इन्दिरा पराजुलीका अनुसार समुहको उपाध्यक्षमा जानकी चालिसे, सचिबमा कालिका चापागाई, सह सचिबमा अप्सरा शर्मा, कोषाध्यक्षमा दिपा सिग्देल निर्बिरोध निर्बाचित भएका छन।

यसैगरि समुहको कार्यसमितिको सदस्यहरुमा मन्जु सिग्देल, शान्ति चालिसे, सिता तिमिल्सिना, लक्ष्मी शर्मा, कल्पना बोगटी र दिलमाया चालिसे रहेकाछन।

बिष्षु पौडेल, इन्दिरा पराजुली र गौरी पौडेल सदस्य रहेको तिन सदस्यीय निर्बाचन समितिले प्रगति आमा समुहको अधिबेशनबाट नयाँ कार्यसमितिको निर्बाचन सम्पन्न गरेको बताइएको छ ।

अधिबेशनको उद्घाटन समारोहमा विभिन्न बक्ताहरुले समुहले गरेका रचनात्मक कामको प्रशंसा गरेका थिए साधारण सभाका अबसरमा समुहले विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको थियो।

२६ पुष २०८१, शुक्रबार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा