Play

सिमेण्टमा भएको अस्वाभाविक मूल्यबृद्धिको बिरोधमा पोखरा र लेखनाथ उद्योग बाणिज्य संघ

गुरुकुल खबर


पोखरा,  पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले पछिल्लो समय सिमेण्टमा भएको अत्यधिक मूल्यबृद्धिले भौतिक निर्माणका काममा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो एक महिनाभित्र प्रति बोरा सिमेण्टको मूल्यमा ३ सय ५० रुपैयाँसम्म मूल्य बढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमा मूल्यबृद्धि अस्वभाविक भएको कारण मूल्यबृद्धि फिर्ता लिन, प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न माग गरिएको छ ।

पोखरा उद्योग बाणिज्य संघकी महासचिव शोभा गौतम र लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका पराजुलीको नामबाट सोमबार जारी विज्ञप्तिमा सिमेण्टमा मूल्य बढेकै कारण भौतिक निर्माणका कामहरु रोकिएको उल्लेख गरिएको छ।

‘मूल्यबृद्धिबाट निश्चित कार्ययोजना र लागत अनुमानमा भौतिक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरु सबैभन्दा बढी मारमा परेका छन् । एकातिर राज्यले सम्पन्न भएको कामको भुक्तानी दिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चित मूल्याङ्कनको आधारमा लिइएको ठेक्कामा लागत बढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्था सिर्जना भएको छ।’ विज्ञप्तिमा भनिएको छ।

‘कतिपय परियोजनाहरु भर्खरै ठेक्कामा गएका छन् । हाम्रो आर्थिक वर्षको स्वरुप र टेण्डर प्रक्रियालाई नै आधार मान्ने हो भने पनि आउँदा केही महिनाहरु भौतिक निर्माणले गति लिने महिनाहरु हुन् । भौतिक निर्माणले गति लिने बेलैमा सिमेण्ट र अन्य निर्माण सामग्रीको मूल्य बढ्दा सरकारकै भौतिक प्रगति कस्तो रहला ?’ बिज्ञप्तिमा प्रश्न गरिएको छ।

दुबै उद्योग वाणिज्य संघले संविधानप्रदत्त उद्योगी व्यवसायीहरुको मुनाफा लिन पाउने अधिकारको सदैव पक्षपोषण गर्ने भए पनि उपभोक्ता हित संरक्षणलाई पनि आफ्नो दायित्व सम्झने उल्लेख गर्दै बिज्ञप्तिमा कालोबजारी, कार्टेलिङ र खुला बजार नियन्त्रणमा लिने प्रयत्नलाई हामी सदैव अस्वीकार गर्दछौँ भनिएको छ ।

२२ पुष २०८१, सोमबार १९:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा