Play

लोकतान्त्रिक यातायात ब्यबसायी संघको नयाँ समिति, अध्यक्षमा कुइंकेल

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस निकट यातायात ब्यबसायीहरुको संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्बिरोध रुपमा निर्बाचित समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् ।

त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् ।

निर्वाचन समितिको संयोजकमा प्रेमप्रसाद पौडेल तथा सदस्यहरुमा जयप्रसाद शर्मा र अरुण गिरी रहेका थिए ।

नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति गठन गर्ने प्रक्रिया अगाडी बढाएपछि कास्कीको अधिबेशन गरिएको हो ।

संघले गण्डकी प्रदेशका सवै जिल्लाको अधिबेशन माघ महिना सम्ममा गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी दिए ।

१७ पुष २०८१, बुधबार २३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा