Play

बैंकर्स एसोसिएसनको नयाँ समिति, अध्यक्षमा माछापुछ्रे बैंकका सिईओ कोइराला

गुरुकुल खबर


काठमाडौं, नेपालका विभिन्न बाणिज्य बैंकहहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनको नयाँ कार्यसमिति गठन गरिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनको नबगठित कार्यसमितिको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई चयन गरिएको छ।

उनि निर्बिरोध निर्बाचित भएका हुन। कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए ।

यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिमा तीन जना सदस्य रहेका छन् । जसमा  एभरेष्ट बैंक लिमिटेडका सीईओ सुदेश खालिङ, कुमारी बैंकका सीईओ राम चन्द्र खनाल र नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका बताइएको छ ।

निवर्तमान बनेका सुनिल केसी अध्यक्षपछिको वरियताका पदेन सदस्यको छन् । हिमालयन बैंकका सीईओ अशोक सम्शोर जबरा र नबिल बैंकका सीईओ ज्ञानेन्द्र  ढुंगाना कार्यसमितिको सल्लाहकारको रूपमा रहेका छन् ।

३ पुष २०८१, बुधबार १९:३९ मा प्रकाशित
Nabintech