Play

नेउबा महासंघको बिधान संसोधन, पोखराका अन्जन श्रेष्ठ स्वत अध्यक्ष बन्ने, त्यसपछि भने प्रत्यक्ष निर्बाचन

नेउबामहासंघको अध्यक्ष चुन्न प्रत्यक्ष निर्बाचन हुने, कार्यकाल दुई बर्षमात्र र जिल्ला र नगरको तर्फबाट उपाध्यक्ष बनाइने


गुरुकुल खबर


काठमाडौँ, निजि क्षेत्रका उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि अन्योलमा रहेको विधान संशोधन प्रक्रिया टुंगोमा पुर्‍याएको छ। महासंघको हालै सम्पन्न विशेष साधारण सभाबाट लामो समयदेखि अन्योलमा रहेको विधान संशोधन प्रक्रिया टुंगोमा पुर्याईएको हो।

महासंघको कार्यसमितिभित्र विवाद देखिएको भएको कारण अल्झिएको विधान संशोधन प्रक्रिया बिशेष साधारण सभामार्फत टुंगोमा पुर्याउन नेपाल उद्योग बाणिज्य महासंघका चन्द्र ढकाल सहितको टिम सफल भएको छ।

महासंघले अहिले  बिशेष गरि तीन वटा विषयमा विधान संशोधन गरेको छ। जसअनुसार संशोधित विधानमा अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्बाचन प्रणाली द्वारा चुनिने भएको छ यसैगरी कार्यसमितिको कार्यकाल तिन बर्षबाट घटाएर दुई बर्ष कायम गरिने भएको छ र अब महासंघको कार्यसमितिमा जिल्ला र नगर उद्योग बाणिज्य संघको तर्फबाट दुई जना उपाध्यक्ष राखिने भएको छ।

हालको विधानको ब्यबस्था अनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था रहेको थियो। अहिलेका वरिष्ठ उपाध्यक्ष साविकको विधानको व्यवस्था अनुसार स्वत: अध्यक्ष बनेपछि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने भएको हो। जसका कारण बिधान संसोधन भएपनि हालका बरिष्ठ उपाध्यक्ष रहेका पोखराका युवा उद्योगी अन्जन श्रेष्ठ स्वत अध्यक्ष बन्न पाउने भएका छन। तर त्यसपछि भने प्रत्यक्ष निर्बाचनबाट अध्यक्ष चुनिने ब्यबस्था संसोधित विधानले गरेको छ।

उद्योग बाणिज्य महासंघको अध्यक्षमा अस्वस्थ्य प्रतिस्पर्धा भएको भन्दै पशुपति मुरारका अध्यक्ष भएको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष बनेका भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल स्वतः महासंघकोअध्यक्ष बनेका हुन्।

तर, भवानी राणा अध्यक्ष बनेसँगै पुन: प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनेपर्ने माग उठेको थियो। यसका लागि राणाका कार्यकालबाट पटक पटक साधरण सभा तथा विशेष साधरण सभामा यो विषय उठाइएको थियो। यही विधान संशोधनको विषयलाई लिएर महासंघ भित्र केहि समयदेखि विवाद समेत बढेको थियो।

महासंघको कार्यसमितिको कार्यकाल यस अगाडी तिन बर्षको रहेकोमा अब दुई वर्षमात्र कायम गरिएको छ। तीन वर्ष लामो कार्यकाल हुँदा कतिपयलाई महासंघमा दिनुपर्ने समय नपुगेको तथा निजी व्यवसायमा पनि असर गरेको भन्दै व्यवसायीहरूले कार्यकाल घटाउन आग्रह गरेका थिए। हाल रहेको चन्द्र ढकाल नेतृत्वको कार्यसमितिकोले डेढ वर्ष कार्यकाल बिताईसकेको छ।

‘नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको विधान संशोधन सर्वसम्मत ढंगले गरिनुले निजी क्षेत्र बीचको एकताको सन्देश प्रबाह भएको छ, यसले महासंघलाई थप बलियो बनाउन बल पुगेको छ।’ महासंघका अध्यक्ष चन्द्र ढकालले गुरुकुल खबरसंग भने।

२६ मंसिर २०८१, बुधबार १२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा