वासिङ्टन (अमेरिका), अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने सम्भावना बढेको छ अमेरिकी अदालतमा टिकटकले गरेको अपिल खारेज भएपछि भिडियो एप टिकटक आगामी दिनहरूमा अमेरिकामा प्रतिबन्धित हुन सक्ने सम्भावना बढेको हो। टिकटकमा प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै संघीय अदालतमा टिकटकले अपिल गरेको थियो र आफ्नो कुराको सुनुवाई हुने आशा राखेको थियो ।
संघिय अदालतले अमरिकी कानुनलाई असंवैधानिक घोषणा गर्ने र टिकटकको पक्षमा निर्णय सुनाउने अपेक्षा बिपरित अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ साथै र २०२५ मा टिकटकलाई प्रतिबन्धित गर्ने वा चिनिया कम्पनीले बेच्नुपर्ने भन्ने कानुनलाई अदालतले समर्थन गरेको छ।
टिकटकले भने संघिय अदालतले दिएको निर्णय पछि पनि कानूनी लडाई जारी रहने जनाएको छ अब टिकटकले संघिय अदालतको निर्णय बिरुद्द सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ। टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिकाले कि त टिकटक माथि प्रतिबन्ध लगाउनुपर्ने वा कि त चिनिया कम्पनीले बेच्नुपर्ने कुरामा जोड दिएपछि टिकटक कम्पनी अदालत पुगेको थियो तर अदालतले पनि टिकटकको चाहना अनुरुप निर्णय नदिनुले आगामी दिनमा टिकटकमाथि प्रतिबन्ध लाग्ने सम्भावना बढेको हो।
टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकाको यो आरोपलाई अस्वीकार गर्दै आएको छ। भारत लगायत कतिपय अन्य मुलुकमा पनि टिकटक प्रतिबन्धित छ भने नेपालमा पनि टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने माग बढ्दै गएको छ । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निणर्य गरेको थियो।
नेपाल सरकारले लगाएको प्रतिबन्ध केहि समय पछी खुला गरिएको भएपनि कतिपयले टिकटकमा प्रतिबन्ध लहाउनुपर्ने आवाज उठाउँदै आएका छन।