Play

अमेरिका बस्ने नायिका ऋचा र निर्देशक शंकर घिमिरेले ठगि गरेको भन्दै प्रहरीमा उजुरी

गुरुकुल खबर


काठमाडौं,  कलाकार ऋचा घिमिरे र शंकर घिमिरे विरुद्ध ठगीको आरोपमा उजुरी परेको छ चलचित्र ‘तेल भिसा’की नायिका तथा निर्माता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।

“ उनीहरुले केहीलाई अमेरिका लगिदिन्छु भनेर पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै प्रहरीमा उजुरी परेको भएपनि प्रहरीले यो घटनाबारे अझै सार्बजनिक गरेको छैन एक प्रहरी अधिकृतले भने, “घटनाको वास्तविकता के हो, हामी अध्ययन गरिरहेका छौँ ।”

लामो समयदेखि ऋचा र शंकर दुबैजना अमेरिका बस्दै आएका छन चलचित्र ‘तेल भिसा’ मा ऋचाले लगानी गरेकी मात्र नभएर अभिनय पनि गरेकी छन ।

यही मंसिर ७ गते रिलिज हुन लागेको चलचित्र तेल भिषामा शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको छ भने अभिनेता विपीन कार्की, वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतले अभिनय गरेका छन । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

२८ कार्तिक २०८१, बुधबार १३:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा