Play

स्वाबलम्बी सहकारीको साधारण सभा सम्पन्न, यादब अध्यक्ष रहेको नयाँ समिति चयन

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा न १७ स्थित स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालको लागि यादव प्रसाद पोख्रेल अध्यक्ष रहेको नौ सदस्यीय नयाँ संचालक समिति निर्बाचित गरेको छ।

समितिको उपाध्यक्षमा ठाकुर प्रसाद पोख्रेल, सचीवमा लक्ष्मण पोख्रेल, कोषाध्यक्षमा उपेन्द्र पोख्रेल र सदस्यहरूमा मीना अधिकारी जिम्बाल, माया कुमारी सुवेदी लामिछाने, भगवान पोख्रेल, दूर्गा प्रसाद अधिकारी, खिमलाल गौतम निर्बाचित भएका छन।

साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सहकारी भनेको सहकार्यमा समृद्धिको खोजी हो भन्दै जनताको समृद्धि सहित उन्नत राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

पौडेलले केही बेइमानहरूका कारण क्षतबिक्षत सहकारीहरूको गतिविधिबाट पाठ सिकेर सुन्दर भबिष्य निर्माणको बाटोमा अघि बढ्न  सहकारीकर्मीलाई आग्रह गरे। सहकारीहरू सहकारीका सात सिद्धान्तको जगमा इमान्दार र प्रतिबद्ध भए सबै सहकारी सफल हुनेमा पौडेलले जोड दिए ।

कार्यक्रममा संस्थाका पूर्ब अध्यक्ष डा. रामजी प्रसाद पोख्रेल ,साना किसान सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेल, नमुना सहकारीका अध्यक्ष भोजराज पौडेल, लेखापरीक्षक रुद्रनाथ पौडेल, शेयर सदस्य मिनादेबि अधिकारी, इश्वरी प्रसाद पोख्रेल सहितले मन्तव्य व्यक्त गरेका थिए।

सभाले अध्यक्ष भुपराज पोख्रेलले प्रस्तुत गरेको आर्थिक बर्ष २०८० -८१ बार्षिक प्रतिबेदन र कोषाध्यक्ष ओम प्रकाश लामिछानेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको थियो।

त्यसै गरि लेखा समिती संयोजकमा लिला प्रसाद पराजुली तथा लेखा समिति सदस्यमा दुर्गा कुमारी अधिकारी र सृजना अधिकारी निर्बाचित भएका छन । त्यस अबसरमा सहकारीका जेष्ठ सदस्यहरू लोकमाया पोख्रेल, तोयनाथ अधिकारी र  एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी अनुश्का देबि लामिछाने, दस जोड दुइमा उत्कृष्ट नतिजा हासिल गर्ने अन्जन पराजुली, गोपि अधिकारी तथा उत्कृष्ट कारोबार गर्ने कुल प्रसाद पौडेल, उत्कृष्ट सेयर सदस्य शिक्षा पगेनी अधिकारीलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष भुपराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समिति सदस्य माया कुवर लामिछाने र सहकारीका सिद्धान्तको पाठ संचालक समिति सदस्य इन्दिरा लामिछाने गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिब रुद्रलाल सुवेदीले गरेका थिए।

२७ कार्तिक २०८१, मंगलवार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा