Play

नेपालमा भाईटिकाको साईत आज बिहान ११.३७ बजे

गुरुकुल खबर


काठमाडौँ । यस वर्ष भाइटीकाको साइत आइतबार बिहान ११ः ३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको जानकारी दिएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने जानकारी दिएका छन् । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु भएको थियो ।  कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार मनाइएको थियो । कात्तिक १६ गते शुक्रबार औँशी परेको थियो ।

शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि प्रारम्भ भएको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।

१८ कार्तिक २०८१, आईतवार ०६:०१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा