Play

साफ महिला फुटबलको फाईनल आज, ११ हजार टिकट मात्र बिक्रि गरिने, दर्शकहरु पनि निगरानीमा

गुरुकुल खबर


काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ  ।

कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो  ।

एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ ।

त्यस्तै अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ ।

त्यस्तै एन्फाले फाइनल खेलको टिकट बिक्रि आफै गर्ने भएको छ । सेमिफाइनल खेलमा टिकट बिक्रिको अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिले क्षमता भन्दा बढी टिकट बिक्रि गरेको पाइएपछि सम्झौता रद्द गरेको छ ।

एन्फाले फाइनल खेलको लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ दिएको छ, जसमध्ये १० हजार साधारण पाराफिट तर्फ र १००० भिआइपी पाराफिट तर्फको टिकट रहने जनाएको छ ।

खेलको टिकटहरू जावलाखेल स्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकाली स्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरबाट बिक्री गरिने र टिकटहरू कुनै पनि अनलाइन माध्यमबाट बिक्री नगरिने एन्फाले जनाएको छ ।

त्यस्तै एक व्यक्तिलाई अधिकतम दुई भिआइपी र पाँच साधारण टिकट बिक्री गरिने जानकारी दिदै एन्फाले यसअघि अनलाइन माध्यमबाट किनिएका भिआइपी टिकटको रकम फिर्ता गरिनेछ भने साधारण टिकटलाई भने यथावत रूपमा कायम गरिने जानकारी दिएको छ ।

१४ कार्तिक २०८१, बुधबार ०८:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा