Play

पोखरा -१४ मा सेभेन ए साइड खुल्ला पुरुष फूटबल प्रतियोगिता शुरु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १४ चेतमान स्मृति खेल मैदानमा ‘सेभेन ए साइड’ खुला पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठान र मसिना फुटबल क्बलले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन कात्तिक ९ गतेदेखि शुरु भएको प्रतियोगितामा टिम दर्ताका लागि ७ हजार ५ सय रूपैया शुल्क लिईएको खेल संयोजक मनोज न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ रहेको प्रतिष्ठानका महासचिव उदयराज आचार्यले जानकारी दिए । नगद पुरस्कारका साथमा खेलाडीले प्रमाणपत्र, ट्रफी र सटिफिकेट प्राप्त गर्नेछन् । प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई ५ हजार र टप स्कोर ल्याउनेलाई ५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष नेत्रबहादुर तिमिल्सिनाले जानकारी दिए ।

यसैबीच नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठानका संस्थापक अध्यक्ष राम रानाभाटले प्रतियोगितालाई भव्यताका साथ् सम्पन्न गर्न सबै पक्षको सहयोगको लागि आग्रह गरेका छन हाल अष्ट्रेलियामा रहेका रानाभाटले गुरुकुल खबरसंग कुरा गर्दै प्रतियोगिताले त्यस वडा र क्षेत्रका युवा सहित सर्बसाधारणलाई एक भएर बिकासमा अगाडी बढ्न संदेश दिने उल्लेख गरे।

प्रतियोगिताको आयोजक मध्येको एक मसिना फुटबल क्लबबाट त्रिदेव गुरुङ राष्ट्रिय खेलाडी बनेका थिए । पूर्व राष्ट्रिय खेलाडी गुरुङकै फोटो राखेर प्रतिष्ठानले अहिले प्रतियोगिताको प्रचार गरेको छ । गुरुङ अहिले अष्ट्रेलियामा छन् ।

१२ कार्तिक २०८१, सोमबार १२:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा