Play

बिपदमा परेका मृतकका परिवारलाई नेपाल सरकारद्वारा करिब छ करोड राहत रकम वितरण

गुरुकुल खबर


काठमाडौं, गत असोज दोस्रो साता देशको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई नेपाल सरकारले करिब छ करोड रुपैया राहत रकम दिएको जनाएको छ ।

नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २ सय ३८ जना मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत रकम दिइएको हो । विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको तिवारीले बताए ।

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनको भनाइ छ । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ मृतक परिवारले राहत पाएका छन् ।

त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ । विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

६ कार्तिक २०८१, मंगलवार १८:१८ मा प्रकाशित
Nabintech