Play

विपदको बेला सरकारको उपस्थिति कमजोर बन्नु दुर्भाग्य – केन्द्रीय सदस्य महर

गुरुकुल खबर


काठमाडौँ,  नेपाली काँग्रेस शिक्षा बिभागले केहि दिन अगाडी परेको अविरल बर्षा र बाढी पहिरो तथा डुबानका कारण शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा अप्ठेरो स्थिति सिर्जना भएको भन्दै सरकारको उपस्थिति कमजोर रहेको जनाएको छ। सत्ता साझेदार दल नेपाली काँग्रेसको शिक्षा विभागका प्रमुख एबम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकमा विपद आएको संवेदनशील बेलामा पनि सरकारको उपस्थिति कमजोर देखिएको उल्लेख गरेका छन।

पार्टीका केन्द्रीय सदस्य एबम विभाग प्रमुख महरले मंगलबार बानेश्वरमा आयोजित कार्यक्रममा विपदको कारण शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा अप्ठ्यारो स्थिति सृजना  हुँदा समस्यामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । ‘केही समयपछि विद्यालय, महाविद्यालय र विश्वविद्यालय ले पढाई सञ्चालन गर्नुपर्ला । के त्यसको निम्ति हाम्रो सरकारले समय भित्रै पुनर्निर्माण गर्न सक्छ ? कुनै पहल लिएको छ ?‚’ उनले प्रश्न गरे ।

“हालैको भीषण वर्षा, बाढी पहिरो र डुबानले संयौं जनताले ज्यान गुमाउनु परेको छ।, अर्बौँको क्षति भएको छ जसका कारण करिब २ सय ५० जनाको मृत्यु भएको छ भने कतिपय बेपत्ता र घाइते भएका छन् कतिको गाँस, बाँस र कपासको ब्यबस्था समेत गुमेको छ।, चाडपर्वको मुखमा  आमनागरिकले भोग्नुपरेको समस्याको बारेमा सरकार बेखबर जस्तै बन्नु हाम्रो लागि दुर्भाग्य हो।” शिक्षा बिभाग प्रमुख महरले भने ।

उनले बाढी पहिरोका कारण बाटोघाटो अवरुद्ध भएको बेला छिमेकी मुलुक भारत पुग्न हवाई भाडा १२ हजार भन्दा कम  हुने तर आफ्नै मुलुक भित्र यात्रा गर्दा जहाजको भाडा १७ हजार सम्म पुग्नुले सरकार जनताको सवालमा गम्भीर बन्न नसकी निरीह भएर बस्नु भनेको विडम्बना भएको उल्लेख गरे ।

२२ आश्विन २०८१, मंगलवार १४:०६ मा प्रकाशित
Nabintech