Play

महिला उधमी संघको नबौं साधारणसभा, पोखराका महिला उधमीहरुलाई सम्मान

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर विभिन्न उद्योग व्यवसायमा क्रियाशील महिलाहरुलाई सम्मान गरिएको छ। महिला उधमीहरुको संस्था महिला उद्यमी संघ नेपाल,कास्कीले महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

संघको नवौं साधारण सभाको अवसर पारेर संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको संघकी कास्की जिल्ला अध्यक्ष सरु बरालले गुरुकुल खबरलाई जानकारी दिईन ।

त्यस्तै, गण्डकी प्रदेशकी पूर्व सांसद तथा पोखराको पुरानो हङकङ ब्युटी इन्स्टिच्यूटकी सञ्चालक मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालक सीता गुरुङ, ऋतु सौगातकी सञ्चालक सुनिता पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी सञ्चालक गीतानाथ योगीलाई सम्मान गरेको छ ।

त्यस्तै, संघले अतिथि झोला तथा गार्मेन्ट उद्योगकी सञ्चालक पार्वती थापा बस्नेत, न्यु मिलिनियम एकेडेमीकी सञ्चालक कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा श्रृंगारकी सञ्चालक पुष्पा मरासिनीलाई पनि सम्मान गरेको संघकी अध्यक्ष  बरालले जानकारी दिइन् ।

साधारण सभामा नया सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सो अवसरमा ब्युटीपार्लर सम्बन्धी ३ महिने तालिममा सहभागी तथा लेबलिङ र प्याकेजिङ तालिममा सहभागीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको समेत उनले बताईन।

साधारण सभामा महिला उद्यमी संघको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल महिला उद्यमी संघ तनहुँलाई सम्मान गरिएको थियो । महिला उद्यमी संघ नेपालको साधारण सभामा तनहुँ शाखा सर्वोत्कृष्ट हुँदा कास्की शाखा भने दोश्रो हुन सफल भएको थियो ।

संघको कास्कीकी अध्यक्ष शारदा बराल (सरु)को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो संस्थाकी महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रमुख अतिथि रहेका थिए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, महिला उद्यमी संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, पर्यटन व्यवसायी महिला संघकी अध्यक्ष कमला गिरी लगायतले महिला शसक्तिकरणको सवालमा आआफ्नो भनाई राखेका थिए ।

६ आश्विन २०८१, आईतवार २१:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा