Play

कांग्रेसको ब्यबसायिक सिप विभागमा पोखराकी निशा मल्ल सहित सदस्यहरु मनोनित

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यवसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

सभापति देउवाले कास्की पोखराकी निशा मल्ल ठकुरी सहित विभिन्न जिल्लाका काँग्रेस नेताहरुलाई उक्त विभागमा सदस्य मनोनित गरेको छन। पोखराकी निशा कास्की क्षेत्र न. १ बाट नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि समेत हुन उनि यस अगाडिको स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिका -१० को वडा सदस्य समेत निर्बाचित भएकी थिईन।

उक्त विभागमा झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरू पनि  सदस्यमा मनोनित भएका छन।

६ आश्विन २०८१, आईतवार १६:४५ मा प्रकाशित
Nabintech