Play

कांग्रेसको सांगठानिक अभियान प्रभावकारी बनाउन एक सय दिने अभियान चलाईदै

गुरुकुल खबर


पोखरा,  सत्तारुढ दल नेपाली कांग्रेसले सांगठनिक विशेष अभियान सञ्चालन गर्ने भएको छ । १ असोजबाट १० पुससम्म संचालन गरिने १०० दिनको यो अभियानमा पार्टीको सांगठनिक काममा केन्द्रका नेता जिल्ला स्तरमा खटिने किसिमको कार्यादेश नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले तयार गरिरहेको बुझिएको छ ।

कांग्रेसले पार्टीका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन  १ सय दिनको अभियान संचालन गर्न लागेको जानकारी दिएको छ । अभियान अन्तर्गत ७७ जिल्लामा केन्द्रका नेतालाई केन्द्रीय प्रतिनिधि बनाएर पठाउने तयारी कांग्रेसकोे छ । प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिनिधिलाई जिल्लामा विधान बमोजिम नियमित बैठक/सम्मेलन भए, नभएको अध्ययन गरी नभएको भए त्यसको  कारणको खोजी गरी समस्या समाधान गर्नुपर्ने कार्यादेश दिइने छ । स्थानीय सरकार र पार्टीको बीचमा समन्वय हुन नसक्नुको कारण केन्द्रीय प्रतिनिधिले पहिचान गरेर प्रतिबेदन तयार गर्नुपर्ने समेत कार्यादेशमा जिम्मेवारी दिईने भएको छ। कांग्रेसका २० जिल्लामा अहिले आन्तरिक बिबादका कारण द्वन्द बढेर समस्या देखिएको छ।

केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानु अघि केन्द्रले अभिमुखीकरण कार्यक्रम राखेर उनीहरुले जिल्लामा गएर गर्नुपर्ने कामबारे जानकारी र प्रक्रियाका बारेमा जानकारी दिईनेछ । जिल्ला स्तरमा संगठनमा देखिएका सांगठनिक कमजोरीको पहिचान गरी सम्बन्धित प्रतिनिधिले समाधान निकाल्नु पर्ने र समाधान गर्मन नसकेको विषयका बारेमा संगठनलाई जानकारी गराउनुपर्ने महामन्त्री गगन थापाले जानकारी दिए ।

जिम्मेवारी लिएर गएको व्यक्तिले सम्बन्धित कार्यसमिति, सभापति वा केन्द्रबाट शीर्ष नेता बोलाएर भएपनि विवाद समाधान गरी फर्कर्ने कार्यादेश दिइने महामन्त्री थापाले जानकारी दिए । केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर बैठक बसालेपछि मातहतका संरचनामा आफैले प्रतिनिधि खटाउन सक्ने गरि कार्यादेश तयार गरिएको छ ।

अभियान सकेर फर्किएपछि प्रतिनिधिले जिल्लागत प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरुको ढाँचासमेत अभिमुखीकरणमा प्रतिनिधिहरूलाई उपलब्ध गराइने काग्रेसले जनाएको छ ।

अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा मनोनयन 

यसैबीच नेपाली कांग्रेसले पार्टीको केन्द्रीय बिभागहरुमा मनोनयन गर्ने क्रम जारी राखेको छ पार्टीका सभापति शेरबहादुर देउबाले विभिन्न विभागमा सदस्यहरुको मनोनयन गर्ने क्रमलाई निरन्तरता दिएका हुन

यसै क्रममा सभापति शेरबहादुर देउवाले मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको नेपाली कांग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा १० जनालाई सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक), रमा ढकाल (काठमाडौँ), उदयबहादुर लिम्बू (धनकुटा) ,उपेन्द्र खडायत (कञ्चनपुर) लाई सदस्यमा मनोनयन गरेका हुन् ।

त्यसैगरी लोचन भट्टराई (नुवाकोट),नरविर राउत (जुम्ला),देवा डाँगी (दाङ) ,सूचि कुमाल गोरखा, जितेन्द्रप्रसाद चौधरी (बारा) र लक्ष्मण विश्वकर्मालाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

२१ भाद्र २०८१, शुक्रबार १७:२४ मा प्रकाशित
Nabintech