Play

अस्पतालको बेडबाट गएर कार्कीले दर्ता गरे ‘पोउबासंघको अध्यक्षमा उमेदवारी’

स्वास्थले साथ दिएपछि सबै व्यवसायीकोमा मत माग्न आउने छु - कार्की


गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उमेदवार गोकर्ण कार्की डेंगुका कारण बिरामी परेर अस्पतालमा उपचारार्थ भर्ना भएका छन। केहि दिनदेखि बिरामी परेर अस्पतालमा रहेका उनले अध्यक्ष पदको उमेदवारी दर्ता गराउन भने आँफै अस्पतालबाट पोखरा उद्योग बाणिज्य संघमा पुगेका थिए।

यहि भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशन हुँदै छ उक्त महाधिबेशनमा हालका बरिष्ठ उपाध्यक्ष कार्की र पूर्व महासचिब अर्जुन पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ। कार्केले आंफ्नो अस्वस्थताका बिच पोखराको गैह्रापाटनस्थित पोउबासंघको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए।

आफ्नो उमेद्वारी दर्ता गराएपछि कार्कीले त्यहाँ उपस्थित ब्यबसायी र संचारकर्मीसंग अध्यक्ष पदमा मत माग्न घर घर वा औद्योगिक र ब्यबसायिक प्रतिष्ठानमा जानुपर्ने बेलामा अस्पतालको बेडमा बस्नुपर्दा अत्यन्त नरमाइलो लागेको बताए। स्वास्थ्यले साथ दिए पछि सम्भव भएसम्म सबैलाइ प्रत्यक्ष भेट्ने चाहना रहेको बताउंदै उनले आफ्नो उमेद्वारी स्वाभाविक र न्याय संगत रहेको स्पष्ट पारे।

“मैले २०५५ सालमा पोखरा उद्योग बाणिज्य संघको सदस्यता लिएपछि निरन्तर विभिन्न समितिमा रहेर काम गरे २०७३ सालमा उपाध्यक्षमा निर्बाचित भएर पनि दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल बरिष्ठ उपाध्यक्ष रहेर जिम्मेवारी पुर्बक काम गरेको कारण अध्यक्षको उमेद्वार बन्नु स्वाभाविक हो। त्यसमाथि धेरै उद्योगी ब्यबसायी र मतदाताको आग्रह पनि भएकोले मैले अध्यक्ष पदमा उमेद्वारी दिएको हुँ।” कार्कीले भने।

बरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको कारण संस्थागत रुपमा मात्र नभएर प्राकृतिक न्यायको दृष्टिकोणले पनि मेरो उमेद्वारीलाइ आम मतदाता ब्यबसायीले स्वाभाविक रुपमा लिनुभएको छ। यसको साथै म लामो समय देखि विभिन्न ब्यबसायमा सक्रिय भएर काम गरिरहेको छु। बिभिन्न ब्यबसायिक संघ संस्थामा रहेर नेतृत्वदायी भूमिका समेत निर्बाह गरेको अनि उमेर र अनुभवको कारणले पनि मैले आफुलाई योग्य सम्झेको छु।” अध्यक्षका उमेद्वार कार्कीले अन्य संघ संस्थामा रहेर काम गर्दा प्राप्त गरेको अनुभवलाई पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष बनेर सदुपयोग गर्ने बिश्वास प्रकट गर्दै भने।

उनले डेंगु रोगबाट आँफु मुक्त भएपछि सबैको घरदैलोमा पुग्ने लक्ष राखेको समेत सुनाए “अहिले केहि साथिहरु घर दैलोमा जान लाग्नु भएको छ र अध्यक्षका अर्का उमेद्वार बाहेकका अरु अधिकांश साथीहरुसंग संघमा रहेर केहि वर्ष बिताएको कारण वहाँहरुले मलाइ र मैले वहाँहरुलाई राम्रोसंग अवसर पाएका छौं, तसर्थ ति साथीहरु संगै रहेर आगामी दिनमा काम गर्ने चाहना अनुसार नै मैले अध्यक्ष पदमा उमेद्वारी दिनुपरेको हो” तपाईंको टिम बजारमा देखिएको छैन नि भन्ने गुरुकुल खबरको एक प्रश्नको जवाफमा कार्कीले भने ।

बिरामी भएको कारण बजार क्षेत्रमा वा ब्यबसायीकोमा पुग्न नसकेकोमा उनले क्षमायाचना प्रकट गर्दै भने- “मेरो बाध्यतालाइ बुझेर अनि मैले यस अगाडी संघमा र अन्य ब्यबसायिक संस्थामा रहंदा गरेको कामलाइ मुल्यांकन गरेर ब्यबसायीले मतदान गर्नुहुनेछ, तर स्वास्थले साथ् दिएपछि मतदान अगाडि नै सबैकोमा मत माग्न आउनेछु।”

काकीलाई पोखरा उद्योग बाणिज्य संघका बर्तमान अध्यक्ष पवन प्रजापति, पूर्व अध्यक्षहरु नारायण कोइराला, विश्वशंकर पलिखे र दामु अधिकारी लगायतको दरिलो साथ रहेको पूर्व अध्यक्ष पलिखेले गुरुकुल खबरलाई जानकारी दिए।

अस्वस्थ रहेका कार्की आफ्नो उमेद्वारी दर्ता गराउन पोउबासंघमा पुग्दा संघका पदाधिकारीहरुले स्वास्थ्य लाभको कामना गरेका थिए। सोही क्रममा अध्यक्ष पदमा उमेद्वारी दर्ता गराउन पुगेका संघका पूर्व महासचिब एबम अघिल्लो पटकका अध्यक्ष पदका उपविजेता अर्जुन पोखरेललाई समेत काकीले शुभकामना दिदैँ मित्रभाव प्रकट गरेको त्यहा उपस्थित ब्यबसायीले जानकारी दिएका छन।

१६ भाद्र २०८१, आईतवार २२:५३ मा प्रकाशित
Nabintech