Play

कास्कीमा तीजपर्व प्रशिक्षण सहित बिभिन्न कार्यक्रम सहित मनाउने तयारी महिला संघले गरेको छ- अध्यक्ष पाण्डे

महिला संघको बिगत र बर्तमान बारेमा जानकारी गराउन प्रशिक्षण कार्यक्रम समेत गरिने


गुरुकुल खबर


पोखरा,  नेपाली महिलाहरुको महान पर्बको रुपमा मानिंदै आएको हरितालिका तीज पर्वको अबसरमा नेपाल महिला संघ कास्कीले बिभिन्न कार्यक्रमका साथ मनाउने भएको छ।

नेपाल महिला संघ कास्कीका अध्यक्ष मिना पाण्डेका अनुसार तीज पर्वको अवसर पारेर यहि भदौ ८ गते प्रशिक्षण कार्यक्रम, सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम गरिने छ। पाण्डेले महिला संघमा योगदान गरेका सहित अन्य विभिन्न क्षेत्रमा योगदान गरेका महिलाहरुलाई कार्यक्रममा सम्मान गरिनेछ।

तीज पर्वका अबसरमा गरिने कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनेछन भने नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा मिश्र बिशेष अतिथिको रुपमा रहने बताइएको छ।

कार्यक्रममा नेपाल महिला संघ बिगत, बर्तमान र भबिष्य सहित् संघसामु रहेका चुनौती र सम्भावना बिषयमा प्रशिक्षण समेत संचालन गरिनेछ। महिला संघका सदस्यहरुलाई संघको इतिहास सहित बर्तमानको बारेमा प्रशिक्षित गर्नुपर्ने आबश्यकतालाई मध्यनजर गरि कार्यक्रमको आयोजना गरिएको पाण्डेले जानकारी दिईन। कार्यक्रमको संयोजकमा महिला नेत्री गीता पौडेल रहेकी छन।

पाण्डेका अनुसार पोखरा लगायत गण्डकी प्रदेशमा पार्टी र महिला संघको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेत्रीहरु कार्यक्रममा सहभागी बन्ने छन।

कार्यक्रम पोखराको बिन्ध्यबासिनी स्थित बिन्ध्यबासिनी पार्टी प्यालेसमा गरिने भएको छ।

५ भाद्र २०८१, बुधबार २२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा