Play

पोउबासंघको निर्बाचन : पोखरेलको प्यानल घोषणा, कार्की तयारीमा

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग बाणिज्य संघको आसन्न अधिबेशनबाट निर्बाचित हुनको लागि उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ। संघको अध्यक्ष पदकालागि हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र यस अगाडिको अध्य्क्षका उमेद्वार अर्जुन पोखरेलको बिचमा प्रतिष्पर्धा हुने करिब निश्चित छ ।

पोखरेलले शनिबार एक कार्यक्रमको आयोजना गरि आफ्नो नेतृत्वको टिममा रहेका पदाधिकारीहरुको घोषणा गरे अध्यक्षका अर्का उमेद्वार कार्कीले पनि छिट्टै नै आफ्नो प्यानल घोषणा गर्ने तयारीमा रहेको जनाएका छन ।

अध्यक्षका आकांक्षी अर्जुन पोखरेलले अर्का अध्यक्षका आकांक्षी गोकर्णको टिमका भनिएका पदाधिकारी  समेत आफ्नो पक्षमा तानेर उमेद्वारी घोषणा गरेका छन् ।

यही भदाै‌ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यो अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । संघमा करिब ३ हजर्र मतदाता उद्योगी ब्यबसायी सदस्य रहेका छन्

३४ ‌औं अधिवेशनमा पवन प्रजापतीको प्यानल नै विजयी भएकाले यस पटक पनि पवन कै प्यानलबाट विजयी भएका गोकर्ण कार्कीको टिमले निरन्तरता पाउने अनुमान रहेको भएपनि कार्कीले टिम घोषणामा ढिलाई गरेपछि कार्कीको टिममा रहेका भनिएका केहि पोखरेलको टिममा समाहित भएका हुन् ।

शनिबार अर्जुन पोखरेलले  घोषणा गरेको टिमको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेद्वारी घोषणा गरेका छन् ।

यसअघि गोकर्णको टिमबाट वरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा दिनेशचन्द्र बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर उनिहरुलाई समेटर अर्जुनले टिम घोषणा गरेका छन् ।

पोखरेलको टिममा सदस्य कसलाई राख्ने भन्ने अझै निश्चित भएको छैन सदस्यको घोषणा गर्दा असन्तुष्टि बढ्न सक्ने र कार्की टिममा समेत सदस्य सहितका ब्यबसायी फर्किन सक्ने आशंकाका कारण सदस्यहरुको घोषणा नगरिएको बुझिएको छ।

आफ्ना टिमका भनिएका अधिकांश अर्जुनको टिमबाट उमेद्वार बन्ने भएपछि गोकर्णले केहि नयाँ र केहि पुराना सहित विधागत, जातीय, लैंगिक र भूगोलको हिसाबले समेत समाबेशी टिम घोषणा गरेर चुनाबमा जाने तयारी गरेको बताएका छन ।

कार्कीले चुनाब नलड्ने घोषणा गरेका देबेन्द्र केसीलाइ समेत चुनाब लड्न तयार गराउने र सुदीप प्रधानाङ्ग लगाएतका ब्यबसायीलाई समेटेर टिम घोषणा गर्न प्रयास गरेको उनि निकटका ब्यबसायीले जनाएका छन। कतिपय पदाधिकारी र सदस्यहरु भने दुईवटै टिममा समाबेश गर्ने योजनामा उनि रहेको बताईन्छ।

यो पनि पढ्नुहोस ..

पोउबासंघको निर्बाचन: कार्की प्यानलबाट छुट्टीएका अधिकांश उमेद्वार पोखरेलको प्यानलमा

पोउबासंघ अधिबेशन : निर्बाचन नजिकिंदै गर्दा प्यानल निर्माण र घोषणा झनै पेचिलो

पोखरा उद्योग बाणिज्य संघको चुनाब : कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल निर्माण गर्न गृहकार्य शुरु

२ भाद्र २०८१, आईतवार ०७:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा