Play

सौर्यको बिमान दुर्घटना: १९ यात्रु (नाम सहित), चारजनाको जीवित उद्वार, उडानहरु डाईभर्ट

दुर्घटनास्थलबाट चार जना घाइतेको जीवित उद्वार सबै यात्रु सौर्य एयरलाइन्सका , गृहमन्त्री लेखक घटनास्थलमा


गुरुकुल खबर


पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना यात्रुहरु रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको र उनको घाइते अबस्थामा उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। ‘क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। आँखामा चोट लागेको छ।’

नेपाल प्रहरीको अफिसियल फेसबुकमा दुर्घटनामा परेका १९ जना मध्ये ४ जनाको जीवित उद्वार गरिएको र १५ जनाको मृत्यु भएको उल्लेख छ घाइतेमध्ये क्याप्टेन मनिष केसीको केएमसी अस्पताल र अन्य ३ जनाको टीचिंग अस्पतालमा उपचार भैरहेको छ। यात्रुहरु सौर्यको कर्मचारीहरु रहेको बुझिएको छ । तर नागरिक उड्डयन प्रधिकरंले जारी गरेको बिज्ञप्तिमा बिहान ११.११ मा पोखरा उडानको क्रममा उड्ने बित्तिकै दाहिने तिर मोडिएर रन वे मा दुर्घटना भएकोमा आगो नियन्त्रणमा लिएपछि १८ जनाको शब संकलन गरिएको र १ जना घाइते उद्वार गरिएको उल्लेख छ।

उनकाअनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो। सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो।

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

काठमाडौँ बिमानस्थलमा उडान र अवतरण प्रभावित, अन्तराष्ट्रिय उडान डाईभर्ट

सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ । सोही अनुसार ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ ।

यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो ।

यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

दुर्घटनास्थलमा गृहमन्त्री लेखक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएकोको हो ।

जहाज मर्मतको लागि पोखराको लागि उडेको अध्यक्ष पोखरेलको भनाई

सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना जहाजमा १९ यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

९ श्रावण २०८१, बुधबार १२:३७ मा प्रकाशित
Nabintech