Play

कांग्रेस सम्बद्ध जनजाती महासंघको कास्की जिल्ला अधिबेशन हुँदै

गुरुकुल खबर


पोखरा, नेपाली काँग्नेसको भात्री संस्थाको रुपमा रहेको नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्कीको प्रथम जिल्ला अधिबेशन यही फागुन १९ गते शनिबार पोखरामा हुने भएको छ ।   महासंघको कास्की  जिल्ला समितिको नया नेत्रित्व चयनका लागि अधिबेशन हुन लागेको हो।  यस अगाडी विभिन्न जातीय संस्थाहरुको छुट्टा छुट्टै संघ रहेको भए पनि गत बर्ष नेपाली काँग्रेसको केन्द्रीय समितिले आदिबाशी जनजाती संग सम्बन्धित सबै जातीय संस्थाहरुको महासंघ बनाएको थियो ।

त्यसपछीका दिनमा महासंघको केन्द्रले जिल्ला तदर्थ समिति बनाएर विभिन्न पालिकाहरुको साथै प्रतिनिधिसभा  अन्तरगतका प्रदेश  निर्बाचन क्षेत्र, प्रतिनिधिसभा निर्बाचन क्षेत्रस्तरमा अधिबेशन सम्पन्न भैसकेको छ ।  अब जिल्ला अधिबेशनको तयारीमा महासंघ रहेको छ ।

यही फागुन १९ गते हुने कास्की जिल्ला अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।  महासंघका कास्की जिल्ला सचिब रिता गुरुंगका अनुसार अधिबेशनको लागि आबश्यक तयारी करिब पुरा भएको छ ।  कास्की जिल्लामा ३ निर्बाचन क्षेत्र, ४ वटा गाउँपालिका र १ पोखरा महानगरपालिकामा महासंघको अधिबेशन सम्पन्न भएर नया कार्यसमिति समेत चयन भैसकेको छ ।

महासंघ कास्कीका अध्यक्ष आश बहादुर गुरुंगले  दिएको जानकारी अनुसार जिल्ला अधिबेशनमा कास्की जिल्लाका ७२ वार्ड बाट ७ जनाको दरले प्रतिनिधि आउने र करिब ४ सय ८० जना प्रतिनिधि सहभागी हुने छन् ।  अधिबेशनले कार्यसमितिको अध्यक्ष , २ जना उपाध्यक्ष, २ जना सचिब, २ जना सहसचिब र अन्य सदस्य गरि जम्मा २३ जना रहेको नया कार्यसमिति चयन गर्ने छ ।

नया कार्यसमिति को चयन सर्बसम्मत ढंगले गर्ने प्रयास भएको बताइएको छ तर आकान्क्षीहरुको संख्या बढ्ने सम्भावना रहेकोले नेत्रित्व चयनको लागि मतदान हुन सक्ने सम्भावना समेत रहेको कतिपयले बताएका छन्  ।

१७ फाल्गुन २०८०, बिहीबार २१:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा