Play

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने सात प्रदेशका सातै कमाण्डरहरु फेरिए

गुरुकुल खबर


काठमाडौं – देशभरका सातै प्रदेशमा नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने सातै कमाण्डरहरु फेरिएका छन् । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवा गरेसँगै सातै प्रदेशका कमाण्डरहरु फेरिएका हुन् । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवा गरेसँगै सातै प्रदेशका कमाण्डरहरु फेरिएका हुन् ।

कोशी अर्थात् प्रदेश नं. १ मा नेपाल प्रहरीको कमाण्डका लागि चन्द्रकुबेर खापुङ जाने भएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत खापुङ डिआईजी राजेशनाथ बास्तोलाको स्थानमा जाने भएका हुन् ।

मधेश प्रदेशमा डिआईजी यज्ञविनोद पोखरेल जाने भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट मधेश जान लागेका डिआईजी पोखरेल जनक भट्टराईको स्थानमा जान लागेका हुन् । भारतसँगको सीमानाका समेत मानिने मधेश प्रदेशका जनतालाई शान्ति, सुरक्षा र सुशासनको प्रत्याभूति गराउने जिम्मा अनुसन्धानमा पोख्त मानिएका पोखरेलले पाएका छन् ।

त्यस्तै देशकै संघीय राजधानीसमेत रहेको बागमती प्रदेश कार्यालयको जिम्मेवारी डिआईजी विष्णु कुमार केसीले पाएका छन् । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा रहेका केसीले डिआईजी किरण रानाको स्थानमा बागमतीको जिम्मा पाएका हुन् ।

त्यस्तै नेपाल प्रहरीको प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय सम्हालेर बसिरहेका डिआईजी विकास राज खनालले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन् । उनी डिआईजी बुद्धिराज गुरुङको कमाण्ड सम्हाल्न गण्डकी जाने भएका हुन् ।

त्यस्तै नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका डिआईजी कुबेर कडायतले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्ने भएका छन् । भारतीय सीमा र व्यापारिक नाकाहरुसमेत रहेको उक्त प्रदेशको कमाण्डरका रुपमा जान लागेका कडायत उमेशराज जोशीको स्थानमा जान लागेका हुन् ।

मुलुककै दुर्गम मानिने कर्णालीको कमाण्डिङको जिम्मा भने डिआईजी लालमणि आचार्यले पाएका छन् । यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका आचार्य डिआईजी भिमप्रसाद ढकालको स्थानमा सुर्खेत जान लागेका हुन् । डिआईजी ढकाल अहिले सुर्खेतबाट नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्न लागेका छन् ।

त्यस्तै मुलुककै पश्चिमको दैलोको रुपमा मानिएको सुदूरपश्चिम प्रदेशको जिम्मा भने डिआईजी रविन्द्र केसीले पाएका छन् । संगठनकै उत्कृष्ट एवं साहित्यमा पनि ज्ञान भएका केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट डिआईजी भरतबहादुर बोहराको स्थानमा सुदूरपश्चिमको कमाण्ड सम्हाल्न जाने भएका हुन् ।

२६ पुष २०८०, बिहीबार ०८:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा