Play

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

गुरुकुल खबर


पोखरा, ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ। “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसमा यसपाली सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई हल्लन चोक देखि फिस्टेल गेट सम्म परिक्रमा गराईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए।

नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमा उक्त ढाका टोपीलाई परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो।

२५ औं सडक महोत्सव चलिरहंदा प्रतिष्ठानले नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान, सम्बर्द्धन र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्नका लागि उक्त र्र्याली आयोजना गरेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले जानकारी दिए।

प्रतिष्ठानले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, महानगरका वडाध्यक्षहरु, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ लगायत अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत नेपाली टोपी लगाएर नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।

विगत १० वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका अध्यक्ष भण्डारी वताउछन्।

ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।

त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

१७ पुष २०८०, मंगलवार ०८:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा