Play

युआरएलको सहयोगमा बिबेक सहकारीका शेयर सदस्यलाई मधुमेह र टिजीको निशुल्क जाँच

गुरुकुल खबर


पोखरा, विवेक बचत तथा ऋण सहकारी पोखरा–९, अर्चलबोटको आयोजनामा शनिबार यसका सेयर सदस्यको रगत जाँच निशुल्क रुपमा गरिएको छ । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा २ सय जनाको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच गरिएको हो ।

कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा बिराज बरालले मधुमेह, थाइराइड र हर्मनका समस्यामा हेलचेक्र्याइ गर्न नहुनेमा जोड दिए । उनले भने, ‘मधुमेह, थाइराइड, टिजी लगायतले बहुआयामिक जोखिम ल्याउँछन् । यी समस्याबाट बाच्न बेला बेलामा परीक्षण र आवश्यक सजगता जरुरी छ ।’

कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले ८ जिल्लामा रहेका युआरएलका २४ शाखामार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको जानकारी दिए । उनले विभिन्न संघ, संस्थासँगको सहकार्यमा झण्डै अढाई सय निशुल्क शिविर गरी सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको उनले स्मरण गरे ।

सहकारीकी अध्यक्ष लक्ष्मी पौडेल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, कार्यक्रम संयोजक मित्रलाल पौडेल, पुष्पराज कोइराला लगायतले आआफ्नो भनाई राखेका थिए ।

२६ आश्विन २०८३, सोमबार २१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा