Play

कारले ठक्कर दिंदा पोखरामा दुई पैदलयात्रीको निधन

गुरुकुल खबर


पोखरा, गुडिरहेको कारले ठक्कर दिंदा पोखरामा मंगलबार दुई पैदलयात्रीको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडी बागलुङ बसपार्कबाट जिरो कि.मी. तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं.को कारले ठक्कर दिंदा पैदल यात्रीको निधन भएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन न.पा. ६ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. ३ नदीपुर बस्ने बर्ष २० का ढालेन्द्र छन्त्याल र नाम थर वतन नखुलेका अं. बर्ष ३५ को जस्तो देखिने पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्याल कास्कीले जनाएको छ ।

कारले ठक्कर दिंदा घाईते भई उपचारको लागि उनीहरुलाई पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाइएको र अस्पतालमा उनीहरुलाई मृत घोषणा गरिएको हो । कार चालक फरार रहेको जनाइएको छ ।

१० पुष २०८०, मंगलवार १२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा